दैनिक समाचारदाता
राजविराज, २ माघ ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सप्तरीको समग्र विकासका लागि विभिन्न निकायमा पहल गरिरहेको बताएका छन् ।
जेन–जी युवासँग भेटघाटका लागि शुक्रबार सप्तरी राजविराज आइपुगेका मन्त्री गुप्ताले जिल्लाको समस्याहरु समाधान गर्न विभिन्न मन्त्रालयसँग पहल गरिरहेको जनाए ।
भेटघाटका क्रममा मन्त्री गुप्ताले जिल्लाको खेलकुद विकासलाई प्राथमिकतामा राख्दै राजविराजस्थित राजरंगशाला पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा पहल भइरहेको जानकारी समेत दिए ।
यस्तै गजेन्द्रनारायण सिंह अस्पतालको सेवा सुविधा विस्तार तथा सुधारका विषयमा स्वास्थ्य मन्त्रीसँग छलफल भइसकेको तथा सप्तरीमा कर कार्यालय रहनुपर्ने विषयमा पनि अर्थ मन्त्रालयमा पहल गरिएको उनको भनाई छ ।
मन्त्री गुप्ताले युवाहरूलाई सकारात्मक सोच, नवप्रवर्तन र नेतृत्व विकासमा सक्रिय हुन आग्रह गर्दै सरकार युवामैत्री नीति तथा कार्यक्रममार्फत उनीहरुको क्षमता उपयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
सारांश
- जेन–जी युवासँग भेटघाटका लागि शुक्रबार सप्तरी राजविराज आइपुगेका मन्त्री गुप्ताले जिल्लाको समस्याहरु समाधान गर्न विभिन्न मन्त्रालयसँग पहल गरिरहेको जनाए ।
- भेटघाटका क्रममा मन्त्री गुप्ताले जिल्लाको खेलकुद विकासलाई प्राथमिकतामा राख्दै राजविराजस्थित राजरंगशाला पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा पहल भइरहेको जानकारी समेत दिए ।
- यस्तै गजेन्द्रनारायण सिंह अस्पतालको सेवा सुविधा विस्तार तथा सुधारका विषयमा स्वास्थ्य मन्त्रीसँग छलफल भइसकेको तथा सप्तरीमा कर कार्यालय रहनुपर्ने विषयमा पनि अर्थ मन्त्रालयमा पहल गरिएको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया