वैश्य महासंघको मेची–महाकाली अभियान

राजविराज राजविराज
|
शुक्रबार, पौष २६, २०८१
|
|
३५ पटक हेरिएको
Shares
वैश्य महासंघको मेची–महाकाली अभियान

सारांश

  •     महासंघका राष्ट्रिय अध्यक्ष परमेश्वर महासेठले जिल्ला जिल्लामा संगठन विस्तारका लागी मेची–महाकाली अभियान चलाएको जानकारी दिएका छन् ।
  •       विहीवार सप्तरीका संचारकर्मीहरुसीत कुरा गर्दै उनले २२ वटा जातीय समुदाय आबद्ध रहेको महासंघलाई साँगठनिक रुपमा बलियो बनाउन र उनीहरुको पहिचान, उत्थान र सम्मानका लागी नविन योजनाका साथ मेची–महाकाली अभियान थालिएको बताए ।
  •       अभियान थालेको दुई महिना पनि नपुग्दै एक दर्जन भन्दा बढी जिल्लामा पुगी बृहत भेला र कार्य समितिहरु गठन गरि सकिएको महासंघका सचिव रामउदार महासेठले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २५ पुस । 

    वैश्य महासंघ नेपालले वैश्य समाजको पहिचान, उत्थान र सम्मानका लागि मेची–महाकाली अभियान थालेको छ । 
    महासंघका राष्ट्रिय अध्यक्ष परमेश्वर महासेठले जिल्ला जिल्लामा संगठन विस्तारका लागी मेची–महाकाली अभियान चलाएको जानकारी दिएका छन् । 
    विहीवार सप्तरीका संचारकर्मीहरुसीत कुरा गर्दै उनले २२ वटा जातीय समुदाय आबद्ध रहेको महासंघलाई साँगठनिक रुपमा बलियो बनाउन र उनीहरुको पहिचान, उत्थान र सम्मानका लागी नविन योजनाका साथ मेची–महाकाली अभियान थालिएको बताए । 
    अभियान थालेको दुई महिना पनि नपुग्दै एक दर्जन भन्दा बढी जिल्लामा पुगी बृहत भेला र कार्य समितिहरु गठन गरि सकिएको महासंघका सचिव रामउदार महासेठले जानकारी दिए । उनले यो अभियान देशैभर संचालन हुने बताए । 
    महासंघका अध्यक्ष र सचिवका साथै अर्का सचिव बजंरगी साह, उपाध्क्षद्वय रामचन्द्र साहु, शत्रुघन साह, विद्यान मस्यौदा समितिका सदस्य शत्रुघन महासेठ, तेली कल्याण समाजका राष्ट्रिय अध्यक्ष विश्वनाथ साहु, महिला नेतृ सुनिता साह “क्रान्ति” सहितका पदाधीकारीहरुले नेतृत्व गरेको अभियान अन्तर्गत संगठन विस्तार, नयाँ कार्यसमिती गठनदेखी संगठन सुदुढिकरणका लागी आवश्यक सुझाव समेत संकलन गर्ने गरिएको महासंघले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?