राजविराज÷जनमुखी बहुउद्देश्यीय सहकारी संस्था राजविराजको २२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
आयोजित सभामा मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्रि महेश प्रसाद यादवले सहकारीको विकासका लागि सबै क्षेत्रले इमान्दारीपूवर्क काम गर्नु पर्नेमा जोड दिएका छन् । हाल सहकारी क्षेत्रमा देखिएका केही व्यथितिलाई सुधार गर्दै अगाडी बढ्नु पर्ने सुझावसहित यसका लागि सबैजना इमान्दारिताका साथ अघि बढ्नु पर्ने बताए ।
संस्थाका अध्यक्ष सचिन्द्र दासले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै हाल २ करोड ८५ लाख ७४ हजार ३ सय शेयर पूजी रहेको जानकारी दिएका छन् । उनले आ.ब. २०७९÷८० मा ९६ करोड ९२ लाख ९९ हजार ३ सय ७८ निक्षेप संकलन, ९४ करोड ५० लाख ८१ हजार ८ सय ६३ निक्षेप फिर्ता, २० करोड १० लाख ५६ हजार ९ सय १८ ऋण लगानी तथा २० करोड ३१ लाख ६४ हजार ४ सय ७७ रुँपैया ऋण असुली भएको वार्षिक प्रतिवेदनमार्फत सार्वजनिक गरे ।
सभामा राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य तथा मधेश प्रदेश संयोजक विश्वनाथ मण्डल, राष्ट्रिय सहकारी बैंक शाखा राजविराजका प्रमुख बिरबल कुमार राजवंशी, वडा नं. ४ का अध्यक्ष दिनेश साह, जिल्ला सहकारी संघका प्रबन्धक रमेश गुप्ता, पत्रकार नवीन कुमार गुप्ता, संचालक समिति सदस्य देवनारायण चौधरी, शैलेन्द्र मण्डल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
जनमूखीको साधारण सभा सम्पन्न
सारांश
- सभामा राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य तथा मधेश प्रदेश संयोजक विश्वनाथ मण्डल, राष्ट्रिय सहकारी बैंक शाखा राजविराजका प्रमुख बिरबल कुमार राजवंशी, वडा नं.
- ४ का अध्यक्ष दिनेश साह, जिल्ला सहकारी संघका प्रबन्धक रमेश गुप्ता, पत्रकार नवीन कुमार गुप्ता, संचालक समिति सदस्य देवनारायण चौधरी, शैलेन्द्र मण्डल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया