दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
नेवि संघ सप्तरीको अगुवाईमा राष्ट्रिय अखण्डताको पक्षमा मंगलबारदेखी जागरण अभियान सप्तरीबाट शुरु भएको छ ।
नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष एंव नेपाली कांग्रेसका युवा नेता संविधान सभा पूर्व सदस्य रन्जित कर्णको प्रमुख आतिथ्यतामा “स्वतन्त्रता, स्वाभिमान र एकताको पहिचान, राष्ट्रिय अखण्डता हाम्रो अभियान“ भन्ने मुल नाराका साथ नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती सप्तरीले सो अभियान सुरु गरेको हो ।
कार्यक्रममा बोल्दै नेता कर्णले विखण्डनकारी सिके राउतलाई सामाजबाट बहिष्कार गर्नु पर्ने बताउँदै मधेसका जनता पूर्ण रूपमा राष्ट्रिय एकता, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने सदैव प्रतिबद्ध रहनु पर्ने जिकिर गरे ।
मधेसका जनता जहिले पनि मुलुकको एकता पक्षमा रहेको बताउँदै नेता कर्णले मुलुकलाई आर्थिक समृद्धि दिशामा अगाडी बढाउनु अहिले आवश्यकता रहेको उल्लेख गरे ।
ने.वि. संघ सप्तरीका अध्यक्ष पार्थो सरकारको अध्यक्षता सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि नेपाली काँग्रेस खोटाङका पूर्व सभापति एंव युवा नेता सुभाष पोखरेल, नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिव रामकुमार यादव, नेपाली काँग्रेस नगर सभापति शम्भु लाल देव, राजविराज नगरपालिका वडा नं ५ का अध्यक्ष समिर झा, तरुण दल सप्तरीका संयोजक सिता प्रसाद यादव, ने.वि.संघ म.वि.व. क्याम्पस राजविराजका नेता राकेश कुमार ठाकुर, महेश यादव, परिसब झा, दिपक कुमार सिंह, प्रहलाद सिंह, लक्ष्मण राम, र रंजना चौधरीले मन्तव्य राखेका थिए ।
नेवि संघको जागरण अभियान सप्तरीबाट शुरु
सारांश
- नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष एंव नेपाली कांग्रेसका युवा नेता संविधान सभा पूर्व सदस्य रन्जित कर्णको प्रमुख आतिथ्यतामा “स्वतन्त्रता, स्वाभिमान र एकताको पहिचान, राष्ट्रिय अखण्डता हाम्रो अभियान“ भन्ने मुल नाराका साथ नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती सप्तरीले सो अभियान सुरु गरेको हो ।
- कार्यक्रममा बोल्दै नेता कर्णले विखण्डनकारी सिके राउतलाई सामाजबाट बहिष्कार गर्नु पर्ने बताउँदै मधेसका जनता पूर्ण रूपमा राष्ट्रिय एकता, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने सदैव प्रतिबद्ध रहनु पर्ने जिकिर गरे ।
- मधेसका जनता जहिले पनि मुलुकको एकता पक्षमा रहेको बताउँदै नेता कर्णले मुलुकलाई आर्थिक समृद्धि दिशामा अगाडी बढाउनु अहिले आवश्यकता रहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया