मेला हेर्न गएका अजिम ६ दिनदेखी वेपत्ता

राजविराज राजविराज
|
सोमबार, भाद्र २५, २०८०
|
|
३६० पटक हेरिएको
Shares
मेला हेर्न गएका अजिम ६ दिनदेखी वेपत्ता

सारांश

  •     अजिमका बुबा मो.
  • समिमउल्लाह मियाँ र आमा हसिरनले छोरोको अवस्था पत्ता लगाइदिन भन्दै सदरमुकाम राजविराज जिल्ला प्रहरी कार्यालयमा गुहार्न पुगेका छन् ।
  •       परिवारजनले यसअघि इलाका प्रहरी कार्यालय कल्याणपुरमा समेत उजुरी गरिसकेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २५ भदौ । 

    सप्तरीको खडक नगरपालिका ११ निवासी मो. अजिम मेला हेर्न गएको ६ दिन बितिसक्दा पनि घर फर्किएका छैनन् । गाउँमै गत बुधबार कृष्णाष्टमीका अवसरमा लागेको मेला हेरेर आउछु भनी घरबाट निस्केका अजिम त्यही दिनदेखी वेपत्ता भएको परिवारजनले बताएका छन् । 
    अजिमका बुबा मो. समिमउल्लाह मियाँ र आमा हसिरनले छोरोको अवस्था पत्ता लगाइदिन भन्दै सदरमुकाम राजविराज जिल्ला प्रहरी कार्यालयमा गुहार्न पुगेका छन् । 
    परिवारजनले यसअघि इलाका प्रहरी कार्यालय कल्याणपुरमा समेत उजुरी गरिसकेका छन् । त्यहाबाट कुनै ठोस परिणाम प्राप्त नभएकाले जिल्लामा समेत उजुरी दिन आइपुगेको उनीहरुले बताएका छन् । 
    वेपत्ता रहेका भाई अपहरणमा परेको हुन सक्ने आशंका उनका दाजु रियाजले ब्यक्त गरेका छन् । उनले भाइसँगै गएका केटा साथी सोही राती घर फर्केको तर भाई नफर्के भन्दा अपहरणमा परेको हुन सक्ने बताए । यसबारे भाईका साथीलाई भोली पल्ट बिहानै सोध्दा उनी मेला हेरेर फर्किदा एक जना केटी साथीलाई भेट्न जान्छु भनी बाटोमै आफूसँग आजिम छुटिएको जवाफ दिएको रियाजको कथन छ । 
    सो बारे प्रहरीलाई जानकारी गराउँदा केटी साथीले सो दिन अजिम आफूलाई भेट्न आएको स्वीकार गरेपनि भेटेको केही क्षणमै घर जान्छु भन्दै निस्केको र त्यसपछि कता गयो भन्ने कुरा आफूलाई थाहा नभएको प्रहरी समक्ष बयान दिएको रियाजले जानकारी दिएका छन् । 
    वेपत्ता भएको रातीदेखी नै भाई अजिमले बोक्ने ९८१८९८७६९८ नम्बरको मोवाइल स्वीचअफ भएको जानकारी दिँदै दाजु रियाजले भाईको केटी साथीका आफन्तजनले अपहरण गरि भारततर्फ लगेको र त्यहा कुनै अप्रिय घटना हुन सक्ने आशंका समेत व्यक्त गरेका छन् । 
    इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक सुबेश अधिकारीले अजिमको पत्ता लगाउन उनको हुलियासहितको सम्पूर्ण विवरण देशैभरका प्रहरी कार्यालयमा पठाइसकिएको बताए । जिल्ला प्रहरी  कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले अजिमको अवस्था पत्ता लगाउन प्रहरीले कुने कसर बाँकी नराखेको जानकारी दिँदै उनी वेपत्ता भएको बारे विभिन्न कोणबाट अनुसन्धान थालिएको जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण  फुटवल प्रतियोगिताको आयोजना
ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण  फुटवल प्रतियोगिताको आयोजना
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने चेतावनी
मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने चेतावनी
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव 
प्रहरीद्वारा सचेतनाका लागि विद्यालय कक्षा संचालन
प्रहरीद्वारा सचेतनाका लागि विद्यालय कक्षा संचालन
प्रदेशसभा सदस्य कर्णद्वारा शैक्षिक सामग्री वितरण
प्रदेशसभा सदस्य कर्णद्वारा शैक्षिक सामग्री वितरण
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने