दैनिक समाचारदाता
सप्तरी, २३ राजविराज ।
मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव रहेको बताएका छन् ।
सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ छपकीस्थित आधारभूत विद्यालयको २ कोठे नयाँ पक्की कक्षाकोठा भवनको शुक्रबार मन्त्री एवम् नव निर्वाचित प्रतिनिधि सभा सदस्य साहले उद्घाटनका क्रममा सो कुरा बताएका हुन् ।
वर्षोदेखि कक्षाकोठा भवनको अभाव झेलि रहेका यस क्षेत्रका विद्यार्थीहरुलाई उचित र सुरक्षित वातावरणमा गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयमा नयाँ संरचना निर्माण गरिएको मन्त्री साहले यसले पठनपाठन व्यवस्थित, सुरक्षित र विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकालाई विद्यालयमा आकर्षण गर्न समेत मद्दत पु¥याउने बताए ।
उनले शिक्षाको माध्यमबाट मात्र सामाजिक रुपान्तरण गर्न सकिने भएकाले शिक्षा क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए । बालबालिकाहरुलाई विद्यालय जान सजिलोका लागि विद्यालयहरुमा नयाँ नयाँ संरचना निर्माणका साथै शिशु बिमा, साइकल वितरण, पूर्ण छात्रवृत्ति, निःशुल्क शैक्षिक सामाग्री वितरण, बेटी बचाउ बेटी पढाउ लगायतका योजनाहरु अभियानकै रुपमा अघि बढेको उनले बताए ।
वडा अध्यक्ष सबदुल मियाँको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी, मधेश प्रदेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादव लगायतले पनि बोल्दै विद्यालयसम्म बालबालिकाको पहँुच बढाउन नवनिर्मित भवनले ठुलो सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
सामाजिक विकास मन्त्रालयको १८ लाखको लागतमा निर्माण गरिएको उक्त २ कोठे भवन निर्माण गरिएको हो । नयाँ पक्की कक्षाकोठा भवन निर्माण गरिएपछि कक्षाकोठाको अभाव झेलिरहेका विद्यार्थीहरुले नयाँ र सुविधा सम्पन्न भवनमा पढन पाउने भएका छन् ।
शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव ः मन्त्री साह
सारांश
- सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ छपकीस्थित आधारभूत विद्यालयको २ कोठे नयाँ पक्की कक्षाकोठा भवनको शुक्रबार मन्त्री एवम् नव निर्वाचित प्रतिनिधि सभा सदस्य साहले उद्घाटनका क्रममा सो कुरा बताएका हुन् ।
- वर्षोदेखि कक्षाकोठा भवनको अभाव झेलि रहेका यस क्षेत्रका विद्यार्थीहरुलाई उचित र सुरक्षित वातावरणमा गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयमा नयाँ संरचना निर्माण गरिएको मन्त्री साहले यसले पठनपाठन व्यवस्थित, सुरक्षित र विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकालाई विद्यालयमा आकर्षण गर्न समेत मद्दत पु¥याउने बताए ।
- उनले शिक्षाको माध्यमबाट मात्र सामाजिक रुपान्तरण गर्न सकिने भएकाले शिक्षा क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया