दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही टोलका ६० वर्षिय बृद्ध देवनारायण राय क्यान्सर पीडित छोराको उपचार खर्चका लागी छटपटाई रहेका छन ।
दश वर्ष अघि दुर्घटनामा एउटा खुट्टा गुमाएका बृद्ध वुवा देवनारायण आर्थिक अभावमा बुढेसकालका सहारा एक मात्र छोराको उपचारमा भए भरको सम्पती खर्चिए पनि अपुग रहेकोले अहिले उनी छटपटाई रहेका छन् ।
पायल्स रोगबाट विरामी परेका छोराको उपचारका लागी दुई धुर जग्गामा बनेको पृmुसको घर गाउँ कै साहु महाजनलाई बन्धकी राखेर ऋण उ्ठाई उपचारका लागी भारत बिहार राज्यको राजधानी पटना पु¥याउदा उनलाई क्यान्सर रोग भएको पत्तो लागेको थियो ।
केही दिन पटनास्थित एम्स अस्पतालमा उपचार गरेपछि डाक्टरले क्यान्सर रोग लागेको भन्दै क्यान्सर अस्पताल लैजान सल्लाह दिएका थिए । त्यसपछि छोरालाई घर ल्याएको उनले भएको एउटा दुहुनो गाई समेत १९ हजार रुपैयामा बेचेर चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा भर्ना गराएका छन ।
तीन दिन अघि मात्र प्रसान्तको अपरेशन गरिएको छ । त्यहाँ उपचार, औषधी, बेडशुल्क लगायत गरी अहिले सम्म १ लाख ५० हजार रुपैयाको विल अस्पताल प्रशासनले भुक्तानीका लागी अभिभावकलाई दिएका छन । किमो गर्ने काम पनि बाँकी नै रहेकोले थप डेढ÷दुइ लाख रुपैयासम्म लाग्ने डाक्टरहरुले बताएका छन । उनले रकमको अभावमा अहिले डाक्टरले पुर्जामा लेखिदिएको सबै औषधी पनि खुवाउन नसकेको बताए ।
उपचार महगो हुने र अप्रेशन भएकाले थप खर्च जुटाउन समस्याका साथै दैनिक ज्यालादारी गरी ६ जनाको परिवार पाल्दै आएका छोरा विरामी परेपछि हातमुख जोड्न समेत समस्या भएको उनको भनाई छ ।
क्यान्सर पीडित प्रशान्तको श्रीमतीसहित ११ वर्षिय विपिन र ५ वर्षिय सुसान्त गरी दुई छोरा छन । घर परिवार चलाउने एकमात्र अभिभावक प्रसान्त विरामी परेपछी उनीहरुको पनि विजोग भएको देवनारायणले सुनाए ।
सबैलाई सहयोगबाट छोरा बचाइदिन उनले अपिल समेत गरेका छन । उनले छोराको उपचारमा सहयोग गर्न चाहनेहरुलाई ९८१७३९२४३, ९७०३४२८६५९ र ९८५२८२०९२७ मा सम्र्पक गर्न अनुरोध समेत गरेका छन ।
हाल उनको उपचारमा सहयोग जुटाउन स्थानीय समाजसेवी किशोर कुमार यादव “केसी” ले पहल थालेका छन । आफ्नो पहलमा केही रकम जुटेको छ तर त्यो प्रशान्तको उपचारका लागी पर्याप्त नरहेको उनी बताउछन् ।
क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल
सारांश
- दश वर्ष अघि दुर्घटनामा एउटा खुट्टा गुमाएका बृद्ध वुवा देवनारायण आर्थिक अभावमा बुढेसकालका सहारा एक मात्र छोराको उपचारमा भए भरको सम्पती खर्चिए पनि अपुग रहेकोले अहिले उनी छटपटाई रहेका छन् ।
- पायल्स रोगबाट विरामी परेका छोराको उपचारका लागी दुई धुर जग्गामा बनेको पृmुसको घर गाउँ कै साहु महाजनलाई बन्धकी राखेर ऋण उ्ठाई उपचारका लागी भारत बिहार राज्यको राजधानी पटना पु¥याउदा उनलाई क्यान्सर रोग भएको पत्तो लागेको थियो ।
- केही दिन पटनास्थित एम्स अस्पतालमा उपचार गरेपछि डाक्टरले क्यान्सर रोग लागेको भन्दै क्यान्सर अस्पताल लैजान सल्लाह दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया