सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस

राजविराज राजविराज
|
आइतबार, भाद्र १९, २०७९
|
|
२५ पटक हेरिएको
Shares
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको  नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस

सारांश

  •     जसपा सप्तरी निर्वाचन क्षेत्र नं.
  • २ को आइतबार सम्पन्न बैठकले अध्यक्ष यादवलाई सर्वसम्मत रुपले सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष नारायण प्रसाद यादवले जानकारी दिएका छन् ।
  •       यसअघि उनको नाम जिल्लाको ४ वटै संघीय निर्वाचन क्षेत्रबाट सिफारिस भएको जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।  

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रुपले सिफारिस भएको छ । 
    जसपा सप्तरी निर्वाचन क्षेत्र नं. २ को आइतबार सम्पन्न बैठकले अध्यक्ष यादवलाई सर्वसम्मत रुपले सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष नारायण प्रसाद यादवले जानकारी दिएका छन् । 
    यसअघि उनको नाम जिल्लाको ४ वटै संघीय निर्वाचन क्षेत्रबाट सिफारिस भएको जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले बताए । उनी २०७४ सालको निर्वाचनमा क्षेत्र नं. २ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । 
    यस्तै सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट अध्यक्ष यादवसहित वर्तमान प्रतिनिधिसभा सदस्य डा. सुर्य नारायण यादव, पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवं (ख) का प्रदेश सभा सदस्य तथा मधेश प्रवेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहको नाम सिफारिस भएको छ । 
    यसैगरी क्षेत्र नं. ३ बाट अध्यक्ष यादवसहित पार्टीका राजनैतिक समिति सदस्य एवं मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, राजनैतिक समिति सदस्यहरु कैलाश प्रसाद यादव, विशेश्वर रजक, केन्द्रिय सदस्य शिवराम साहको नाम सिफारिस भएको छ । 
    यस्तै क्षेत्र नं. ४ मा अध्यक्ष यादवसहित मनोज यादव, हेमायू हक, मनोज कुमार यादवको नाम उम्मेदवारका लागि सिफारिस भएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?