दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
राजविराज ३ की आशा कुमारी साह महिला तथा बालबालिका अधिकारका लागी धेरै कानुन बनाएपनि प्रभावकारी कार्यान्वय हुन नसकेको गुनासो पोखेकी छिन ।
महिला तथा बालबालिका अधिकार नेपाल सप्तरीको अध्यक्ष रहेकी ३२ वर्षिया साह जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला संघ सप्तरीको जिल्ला कार्य समिती सदस्य समेत हुन ।
महिला तथा बालवालिका अधिकारको क्षेत्र हुदै सक्रिय राजनीतिमा होमिएकी उनले महिला तथा बालबालिकाको हकहितका लागी विभिन्न कार्यक्रम लिएर हाल टोल टोलमा पुग्न थालेकी छिन् ।
उनले जिल्लामा बढ्दो आत्महत्या, महिला हिंसा, बालश्रम, दाईजो, लागु औषधको प्रयोग लगायतका विकृति प्रति चिन्ता ब्यक्त गर्दै यसको न्यूनिकरणका लागी सचेतना बाड्न व्यस्त भएकी छिन् ।
स्नातकतह सम्मको अध्ययन गरेकी उनले बनाइएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको र अर्काे तीर चेतनाको अभावमा यस्ता विकृतिहरु ठूलै समस्या बन्दै गएको गुनासो पोखिन । उनले यस्ता विकृति न्यूनिकरणका लागी आफुले तयार पारेको खाकामा सबैले साथ र सहयोग दिन सके सार्थकता पाउने विश्वास समेत ब्यक्त गरेकी छिन ।
अभिभावकले आ–आफनो सन्तानलाई नियमित विद्यालय पठाउनु पर्ने, महिला हिंसा, आत्महत्या, लागु औषध, बालविवाह, बालश्रम लगायतका विकृति विरुद्ध प्रशिक्षण दिनु पर्ने, यसका कानुन र नियमको कडाईका साथ पालना गर्न÷गराउनु पर्ने लगायतको योजना उनको खाकामा समेटिएको छ । आपूm महिला भएकाले महिला तथा बालबालिकाको समस्यालाई पहिलो प्राथमिक्तामा राखेको उनको कथन छ ।
मधेशमा महिलाई घरबाहिर निस्केर राजनीति र सामाजिक गतिविधी सक्रियताका साथ गर्न त्यती सहज नभएपनि आफ्नो घर परिवारको साथ र सहयोगले सहज बनाएको उनको भनाई छ ।
महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा
सारांश
- महिला तथा बालबालिका अधिकार नेपाल सप्तरीको अध्यक्ष रहेकी ३२ वर्षिया साह जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला संघ सप्तरीको जिल्ला कार्य समिती सदस्य समेत हुन ।
- महिला तथा बालवालिका अधिकारको क्षेत्र हुदै सक्रिय राजनीतिमा होमिएकी उनले महिला तथा बालबालिकाको हकहितका लागी विभिन्न कार्यक्रम लिएर हाल टोल टोलमा पुग्न थालेकी छिन् ।
- उनले जिल्लामा बढ्दो आत्महत्या, महिला हिंसा, बालश्रम, दाईजो, लागु औषधको प्रयोग लगायतका विकृति प्रति चिन्ता ब्यक्त गर्दै यसको न्यूनिकरणका लागी सचेतना बाड्न व्यस्त भएकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया