दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
सप्तरी जिल्लामा यस वर्ष आँपको उत्पादनमा गत वर्षको तुलनामा ३० प्रतिशतले कमी आउने अनुमान गरिएको छ ।
गत बर्ष ७१ हजार २५० मेट्रिकटन आँपको उत्पादन भएकोमा यस बर्ष ५० हजार ५० मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख किशुनदेव राउतका अनुसार गत बर्ष आँपका लागि ‘अनएयर’ अर्थात फल्ने बर्ष थियो भने यस बर्ष ‘अफएयर’ अर्थात नफल्ने बर्ष भएकोले उपादकत्वमा कमी आउने अनुमान छ । देशभरिमै स्वादिष्ट आँपको लागि लोकप्रिय मानिने सप्तरीमा यस बर्ष आँपको बोटमा विगतको तुलमा कम मन्जरी लागेकोले उत्पादनमा कमि आउने भएको हो ।
कूल ७ हजार ७ सय हेक्टर जमिनमा कबिर १३ लाख आँपको बोट रहेको सप्तरीमा आर्थिक बर्ष २०८०÷०८१ मा प्रति हेक्टर ९ दशमलव ५ मेट्रिकटन उत्पादकत्व रहेकोमा यस बर्ष प्रति हेक्टर ६ दश्मलव ५ मेट्रिकटन उत्पादकत्व हुने सो कार्यालयले जनाएको छ ।
यस जिल्लामा कूल आँपको बोटमध्ये ७५ प्रतिशत बोट पूर्व पश्चिम राजमार्गको उत्तरमा रहेको छ । आँपको उत्पादन कमी आउने भएपछि मूल्यमा समेत बृद्धि हुने आँप व्यापारी मिथिलेश यादव बताउछन् ।
मधेश प्रदेशमै सबै भन्दा बढी आँप उत्पादन हुने जिल्लाको रुपमा पनि चिनिएको सप्तरीको भोगौलिक अवस्था र हावापानीको दृष्टिकोणले हेर्दा आँप उत्पादनका सुहाँउदो मानिन्छ ।
मधेश प्रदेशमा सप्तरीपछि सिरहामा पनि राम्रै आँप उत्पादन हुन्छ तर, स्वादको मामिलामा सप्तरीको आँप उत्कृष्ट रहेको बताउछन् कृषि ज्ञान केन्द्र सप्तरीका वागवानी अधिकृत रक्षा यादव ।
सप्तरीको आँपको मुख्य बिक्रि केन्द्र काठमाडौं नै मानिएता पनि यस पटक आँप जिल्लामै आपूर्ती अपूग हुने भएको छ । सप्तरीमा मुख्यत मालदह, बम्बई, अम्रपाली, मल्लिका, केलुवा, कृष्णभोग, कल्कतिया लगायतको खेती हुने गरेको छ ।
यस जिल्लामा विगतको भन्दा आँपको खेतीतर्फ बढी किसान आकर्षित छन् । औद्योगिक क्षेत्रको रुपमा सबभन्दा पछाडि रहेको यस जिल्लामा आँपको खेतीतर्फ सरकारको ध्यान गई किसानलाई समयमा तालिम तथा सामग्रीहरु प्रदान गरि उचित बजार ब्यवस्थापन र मूल्य पाएमा सप्तरीको प्रगतिमा आँप खेतीको महत्वपूर्ण योगदान हुुने थियो ।
गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा ३० प्रतिशतले आँपको उत्पादनमा कमी आउने
सारांश
- गत बर्ष ७१ हजार २५० मेट्रिकटन आँपको उत्पादन भएकोमा यस बर्ष ५० हजार ५० मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
- कृषि ज्ञान केन्द्रका प्रमुख किशुनदेव राउतका अनुसार गत बर्ष आँपका लागि ‘अनएयर’ अर्थात फल्ने बर्ष थियो भने यस बर्ष ‘अफएयर’ अर्थात नफल्ने बर्ष भएकोले उपादकत्वमा कमी आउने अनुमान छ ।
- देशभरिमै स्वादिष्ट आँपको लागि लोकप्रिय मानिने सप्तरीमा यस बर्ष आँपको बोटमा विगतको तुलमा कम मन्जरी लागेकोले उत्पादनमा कमि आउने भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया