स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड

राजविराज राजविराज
|
शनिबार, बैशाख २३, २०८०
|
|
४१ पटक हेरिएको
Shares
स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड

सारांश

  •     कर्मचारी समायोजन ऐनको ग्यारेन्टीको लागि सबैलाई संगठित भएर एक स्वरमा संर्घष गर्नु जरूरी रहेको उनको भनाई छ ।
  • स्थानिय तहमा सरूवा गर्ने प्राबधान सहमतिको आधारमा सरूवा गर्न सकिन्छ, ऐनमा ब्यबस्था छ, तह पनि परिवर्तन हुदैन, उनले भने ।
  •       सप्तरी जसपा जिल्ला अध्यक्ष केदार यादबले बर्गिय संगठन मजबुत नहुन्जेल पार्टी मजबुत नहुने बताउदै भने सबै संगठनहरू एकजुट एकीकृत हुनुपर्नेमा जोड दिए ।

    राजविराज÷मधेशी स्वास्थकर्मी फोरम नेपालको तेस्रो जिल्ला अधिवेशन शनिबार राजविराजमा सम्पन्न भएको छ । 
    सो अवसरमा राजबिराज नगरपालिकाकी कार्यवाहकप्रमुख ईसरत परविनले समुदायमा स्वास्थ सेवालाई सरल, सुलभ, ब्यबस्थित, मर्यादित बनाई उचाईमा पु¥याउनुपर्ने बताइन् । उनले स्वास्थलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउदै राजबिराज नगरपालिका मातहतका सबै स्वास्थ चौकीमा खानेपानीको ब्यबस्था गर्ने बताईन । 
    उद्घाटन सत्रमा बोल्दै मधेशी स्वास्थकर्मी फोरम नेपालका केन्द्रिय अध्यक्ष बालकिशोर यादब ल्याउन लागिएको संघिय निजामति ऐन स्वास्थकर्मिहरूको हकहितमा हुने शंकासँगै विभेद गर्न लागिएकोले सबै संगठित भई आन्दोलनको तयारीमा लाग्नुपर्ने बताए । 
    कर्मचारी समायोजन ऐनको ग्यारेन्टीको लागि सबैलाई संगठित भएर एक स्वरमा संर्घष गर्नु जरूरी रहेको उनको भनाई छ । स्थानिय तहमा सरूवा गर्ने प्राबधान सहमतिको आधारमा सरूवा गर्न सकिन्छ, ऐनमा ब्यबस्था छ, तह पनि परिवर्तन हुदैन, उनले भने । 
    सप्तरी जसपा जिल्ला अध्यक्ष केदार यादबले बर्गिय संगठन मजबुत नहुन्जेल पार्टी मजबुत नहुने बताउदै भने सबै संगठनहरू एकजुट एकीकृत हुनुपर्नेमा जोड दिए । 
    सो अवसरमा मधेश प्रदेश स्वास्थकर्मी नेपालका अध्यक्ष शिव शंकर यादबले स्थानिय तहमा स्वास्थकर्मि कर्मचारीलाई  प्रदेशस्तरमा समायोजन र सरूवा बढुवाको प्रावधान राख्नुपर्नेमा जोड दिए । उनले मधेशी स्वास्थकर्मी फोरमको हरेक पालिकामा संगठन बिस्तार गरी एकजुट हुनुपर्ने बताए ।
    यसैगरी मधेशी स्वास्थकर्मी फोरम नेपालका केन्द्रिय सदस्य देव चौधरीले स्वास्थकर्मिको पेशागत हकहितका लागी देखिएका समस्याहरूप्रति संगठन मजबुत हुनुपर्नेमा जोड दिए । 
    जिल्ला अध्यक्ष अध्यक्षता भूषण सुनरैतको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि सबै एकीकृत हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभामुख देवद्वारा श्रद्धाञ्जली
उपसभामुख देवद्वारा श्रद्धाञ्जली
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
सय किलो गाजा बरामद
सय किलो गाजा बरामद
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
सप्तरीका चर्चित व्यापारी तथा आइएमई  संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
सप्तरीका चर्चित व्यापारी तथा आइएमई  संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित