एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन

राजविराज राजविराज
|
मंगलबार, माघ ९, २०८०
|
|
१८ पटक हेरिएको
Shares
एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन

सारांश

  •     उनकै पहलमा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस परिसर भित्र निर्माण गरिएको इन्जिनियरीङ्ग कलेज भवन र संघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराजद्वारा विष्णुपुर गाउँपालिका ६ मा निर्माण गरिएको मुक्तिद्वार (शवदाह गृह) को उनले उदघाटन गरेका हुन् ।
  •       आप्mनो पुरानो निर्वाचन क्षेत्रमा उनले २०७६ सालमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत राजविराज नगरपालिका मार्फत ६ करोड रुपैया सहयोग उपलब्ध गराएपछि सुविधा सम्पन्न १५ कोठे कलेज भवन निर्माण सम्पन्न भएको कार्यक्रममा राजविराज नगरपालिकाकी कावा प्रमुख इसरत परवीनले जानकारी दिईन ।
  •       कार्यक्रममा उनले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका प्रमुख राजीव कुमार मिश्रालाई नवनिर्मित भवनको साँचो समेत हस्तान्तरण गरिन ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलवार सप्तरीमा दुई नवनिर्मित संरचनाको उदघाटन गरेका छन् । 
    उनकै पहलमा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस परिसर भित्र निर्माण गरिएको इन्जिनियरीङ्ग कलेज भवन र संघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराजद्वारा विष्णुपुर गाउँपालिका ६ मा निर्माण गरिएको मुक्तिद्वार (शवदाह गृह) को उनले उदघाटन गरेका हुन् । 
    आप्mनो पुरानो निर्वाचन क्षेत्रमा उनले २०७६ सालमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत राजविराज नगरपालिका मार्फत ६ करोड रुपैया सहयोग उपलब्ध गराएपछि सुविधा सम्पन्न १५ कोठे कलेज भवन निर्माण सम्पन्न भएको कार्यक्रममा राजविराज नगरपालिकाकी कावा प्रमुख इसरत परवीनले जानकारी दिईन । 
    कार्यक्रममा उनले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका प्रमुख राजीव कुमार मिश्रालाई नवनिर्मित भवनको साँचो समेत हस्तान्तरण गरिन । 
    उक्त कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले इन्जि–नियरिङ शिक्षा अध्ययनका लागी यहाँ विद्यार्थीहरु बाहिर जानु पर्ने अवस्था अन्तका लागी आपृmुले आफनो कार्याकालमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटबाट कलेज भवन निर्माणमा सहयोग गरेको बताए । 
    कार्यवाहक नगर प्रमुख परवीनको अध्यक्षमा आयोजित कार्यक्रममा जसपाका प्रवक्ता मनिष सुमन, प्रतिनिधी सभासदस्य रन्जु ठाकुर, प्रदेश सांसद किरण कुमारी साह, जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, पुर्व मन्त्री रेणु यादव, मधेश प्रदेशका पुर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह लगायतले पनि सो अवसरमा शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?