बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै

राजविराज राजविराज
|
आइतबार, चैत्र ३, २०७५
|
|
३८ पटक हेरिएको
Shares
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै

सारांश

  •     सप्तरीको सुरूङ्गा नगरपालिका ३ दौलतपुर, लक्ष्मीपुरका बिपन्न बस्तीका लागि सुमन्नती कार्यक्रमको अतिरिक्त क्रियाकलाप अन्तर्गत बालबच्चामा लगानी लगाउने उद्देश्यले उनीहरूको जिविकोपार्जनका लागि तरकारी खेती प्रभावकारी बनेको हो ।
  •     यस बस्तीका लागि १५ घरधुरीका लागि २ बिगाहा १० कठ्ठा जग्गा ४५ हजारमा लिजमा लिई सहयोग गरेपछि उनीहरू तरकारी खेतीवाट आयआर्जन गरी बालबच्चामा लगानीसँगै आत्मनिर्भर भएका छन् ।
  •     सबल नेपाल, सेभ द चिल्ड्रेन र सुरुङ्गा नगरपालिको संयुक्त साझेदारीमा संचालित सुमन्नती कार्यक्रम अन्तर्गत लक्ष्मीपुरका बिपन्न परिवारलाई जग्गा लिजमा, बिउबिजन, प्राबिधिक, जैबिक मल सहयोग गरेपछि तरकारी खेती तर्फ उनीहरु आकर्षित भएका हुन् ।

चन्दनकुमार यादव
राजबिराज, ३ चैत । 
    दौलतपुरका बिपन्न परिवारका बालवालिकामा गरिएको लगानीले तरकारी खेती प्रभावकारी बन्दै गएको छ ।
    सप्तरीको सुरूङ्गा नगरपालिका ३ दौलतपुर, लक्ष्मीपुरका बिपन्न बस्तीका लागि सुमन्नती कार्यक्रमको अतिरिक्त क्रियाकलाप अन्तर्गत बालबच्चामा लगानी लगाउने उद्देश्यले उनीहरूको जिविकोपार्जनका लागि तरकारी खेती प्रभावकारी बनेको हो ।
    यस बस्तीका लागि १५ घरधुरीका लागि २ बिगाहा १० कठ्ठा जग्गा ४५ हजारमा लिजमा लिई सहयोग गरेपछि उनीहरू तरकारी खेतीवाट आयआर्जन गरी बालबच्चामा लगानीसँगै आत्मनिर्भर भएका छन् ।
    सबल नेपाल, सेभ द चिल्ड्रेन र सुरुङ्गा नगरपालिको संयुक्त साझेदारीमा संचालित सुमन्नती कार्यक्रम अन्तर्गत लक्ष्मीपुरका बिपन्न परिवारलाई जग्गा लिजमा, बिउबिजन, प्राबिधिक, जैबिक मल सहयोग गरेपछि तरकारी खेती तर्फ उनीहरु आकर्षित भएका हुन् ।
    सो खेतीवाट गुलाब महिला कृषक समुह लक्ष्मीपुरका ९ जनाले यस बर्षको तरकारी खेतीवाट २ लाख ५० हजार भन्दा बढी आम्दानी गरेको कृषक बिकुरामले बताए । उनले भने, “तरकारी खेतीवाट बालवच्चाको स्वास्थ, शिक्षामा लगानी, उनीहरूको पालनपोषण र परिवारको गुजारा तथा केही आम्दानी समेत गर्ने गरेको छु ।”
    उनले थपे, “यसअघि हामीहरु घरपरिवार गुजारा गर्न जंगलमा दाउरा ल्याएर बेच्थे तथा अरूको खेतमा मजदुरी गरेर गुजारा गथ्र्याै तर, जबदेखी सबल नेपालले तरकारी खेतीका लागि सहयोग ग¥यो, तबदेखी हामी आत्मनिर्भर बन्दै गयौं ।”
    यस्तै समुहका अर्की सदस्य असिया देबी रामले ५ कठ्ठा जग्गामा काउली, बन्दा, खुर्सानी, टमाटर, सागबाट ३५ हजार आम्दानी गर्ने गरेकी छिन् । त्यस्तै संजु देबी रामले ५ कठ्ठामा लगाएको तरकारी खेतीवाट २० हजार आम्दानी गरेको बताईन । 
    सोही समुहका पलास सदा, प्रभादेबी सदा र शोभा देबी सदाले पनि काउली, बन्धा बेचेर १५ हजार देखि २५ हजार सम्मको आम्दानी गरेको बिकु रामले बताए ।
    बिपन्न बर्गका पहिचान गरि यस भेगका बालवालिकामा लगानी हुने उद्देश्यले उनीहरूको अभिभाबकलाई आफ्नो कमाईबाट बालबालिकामा लगानी लगाउन नसक्ने परिवारलाई जग्गा लिजमा, बिउ बिजन, प्राबिधिक सहयोग र अभिमुखिकरणबाट सचेत गराई आत्मनिर्भर बनाउन लागेको सबल नेपालका फिल्ड अफिसर रोशन मण्डलले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत
राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट 
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट 
सप्तरी प्रिमीयर लिगको चौथो  संस्करणका लागि खेलाडी दर्ता खुला
सप्तरी प्रिमीयर लिगको चौथो  संस्करणका लागि खेलाडी दर्ता खुला
डा. टेक नारायणद्वारा हावाहुरीमा ज्यान गुमाएका परिवारलाई राहत प्रदान
डा. टेक नारायणद्वारा हावाहुरीमा ज्यान गुमाएका परिवारलाई राहत प्रदान
जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा खंग दम्पत्ति
जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा खंग दम्पत्ति
मदिरा पसल बेलुका ८ बजे, होटल र पान पसल ९ बजेसम्म मात्र संचालन गर्न पाउने
राजविराज ३ ले हात पार्‍यो राजबिराज प्रिमियर लिगको उपाधी 
राजविराज ३ ले हात पार्‍यो राजबिराज प्रिमियर लिगको उपाधी