जनप्रतिनिधिसहित एकै परिवारका तीन जनामाथी निर्घात कुटपिट

राजविराज राजविराज
|
बिहिबार, माघ १२, २०७९
|
|
४८ पटक हेरिएको
Shares
जनप्रतिनिधिसहित एकै परिवारका तीन जनामाथी निर्घात कुटपिट

सारांश

  •     सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ का वडा सदस्य योगेन्द्र प्रसाद शर्मा, उनका छोरा संजय र बुवा विन्देश्वरलाई सोही वडा निवासी जयनाथ शर्माको अगुवाईमा रहेको समुहले कुटपिट गरेको घाईते पीडितहरुले बताएका छन् ।
  •       कुटपीटबाट वडा सदस्य योगेन्द्र र उनका बुआ विन्देश्वरको शरीर भरी निलडाम देखिएको छ भने उनका छोरा संजयको वायाँ हात भाच्चिएको छ ।
  • घाईते तीनै जनाको अहिले राजविराजस्थित छ्रिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ गते  । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिमा स्वास्थ्य चौकी क्षेत्र भित्र रहेको जग्गामा बाख्रा चराउन नदिएपछी भएको विवादका क्रममा एक जनप्रतिनीधीसहित उनका परिवारका तीन जनामाथी निर्घात कुटपिट भएको छ । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ का वडा सदस्य योगेन्द्र प्रसाद शर्मा, उनका छोरा संजय र बुवा विन्देश्वरलाई सोही वडा निवासी जयनाथ शर्माको अगुवाईमा रहेको समुहले कुटपिट गरेको घाईते पीडितहरुले बताएका छन् । 
    कुटपीटबाट वडा सदस्य योगेन्द्र र उनका बुआ विन्देश्वरको शरीर भरी निलडाम देखिएको छ भने उनका छोरा संजयको वायाँ हात भाच्चिएको छ । घाईते तीनै जनाको अहिले राजविराजस्थित छ्रिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । 
    घट्ना विवरण अनुसार सो वडास्थित स्वास्थ्य चौकी र वर्थिङ्ग सेन्टर निर्माणका लागी जयनाथका बुवाले जग्गा दान गरेका थिए । हाल उक्त जग्गामा स्वास्थ्य चौकी निर्माण कार्य पुरा भएको छ भने वर्थिङ्ग सेन्टर निर्माण कार्य अन्तिम चरणमा रहेको छ । आफ्नो वुवाले दान गरेको जग्गामा बाख्रा चराउन गएको वेला नातीलाई हप्काएर स्वास्थ्य चौकीका प्रमुख राजाबाबु मेहता तथा वडा सदस्य योगेन्द्रले फिर्ता पठाइदिएको जयनाथको भनाई छ । 
    आफ्नो बाबुले दिएको जग्गामा बाख्रा चराउन पाउनु पर्छ भन्दै जग्गा दाता छोटकैन शर्माका छोरा जयनाथ शर्माले अडान लिए पछी विवाद सुरु भएको तथा एक्कासी लठीले अन्धाधुन्द आक्रमण गर्न सूरु गरेका घाइते वडा सदस्य योगेन्द्रले बताए । 
    उनले स्वास्थ्य चौकी तथा वर्थिङ्ग सेन्टरको कम्पाउण्ड भित्र हजारौ रकम खर्चेर बनाएको बगैचा बाख्राले नास गर्न थालेपछी पटक पटक सम्झाउदा पनि अटेर गरेको र बुधवार साँझ उल्टै आक्रमणमा उत्रेको बताए । 
    स्वास्थ्य चौकीका इन्र्चाज राजाबाबु मेहताले जग्गा दाता परिवारका जयनाथ शर्मालाई पटक पटक यस चौकी भित्र बाख्रा चराउन न पठाउन अनुरोध गर्दा उल्टै गाली गलौजमा उत्रिने गरेको गुनासो सुनाए । 
    घाईतेहरुको तर्फबाट विहीवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा जयनाथ, उनका छोरा मनोज तथा कुटपिटमा संलग्न उनकै परिवारका अन्य सदस्यहरु विरुद्ध जाहेरी दिएको वडा अध्यक्ष जय प्रकाश ठाकुरले बताए ।  
    उनले यस अघि पनि पटक पटक जग्गादाता परिवारका जयनाथले स्वास्थ्य चौकि र वर्थिङ्ग सेन्टर कम्पाउण्ड भित्र बाख्रा चराउन बालबालिकालाई पठाउने गरेको र रोक्न खोज्दा आफुलाई समेत जयनाथले गाली लगौज गर्ने गरेको सुनाए । 
    यता जग्गादाता परिवारका आरोपित जयनाथले वड सदस्य योगेन्द्र सहितको टोलीले सुरुमा आफुहरुमाथी नै आक्रमणको प्रयास गरेको र प्रतिकार गर्दा उनीहरुलाई समान्य चोट लागेको दाबी गरेका छन् । उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?