दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
नेकपा एमाले सप्तरीले सोमबार राजविराजमा जनजागरण अभियान प्रदर्शन र सभामार्फत राजावादीहरुलाई खबरदारी गरेको छ ।
राजावदीको गतिविधि बढ्दै गएको बेला एमालेले सप्तरीको १८ वटै पालिकाका प्रमुख बजारमा जनप्रदर्शन र सभा गरेको जनाएको छ ।
प्रतिगामीहरु होसियार, संघीय लोकतन्त्र र गणतन्त्र जिन्दावाद, विर शहिद अमर रहुन् लगायतका नाराबाजी गर्दै जनप्रदर्शन गरिएको छ ।
नगरपरिक्रमा पश्चात् स्थानीय जनआन्दोलन चौकमा आयोजित कोणसभामा जिल्ला इन्चार्ज एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, प्रदेश कमिटि सदस्य रत्ना तामाङ, जिल्ला सचिव देवनाथ यादव, नगरअध्यक्ष रन्जन झा, अनेरास्ववियु केन्द्रीय कमिटि सदस्य ललितनारायण रजक, राष्ट्रिय यूवा संघ नेपालका जिल्ला इन्चार्ज चितरन्जन यादव, क्षेत्र नं. २ ख का इन्चार्ज बिनोद यादव लगायतले बोल्दै राजसंस्था कुनै पनि हालतमा नफर्किने दाबीका साथ त्यस्तो सपना नदेख्न राजावादीहरुलाई सचेत गराएका थिए ।
एमाले ग¥यो खबरदारी सभा
सारांश
- राजावदीको गतिविधि बढ्दै गएको बेला एमालेले सप्तरीको १८ वटै पालिकाका प्रमुख बजारमा जनप्रदर्शन र सभा गरेको जनाएको छ ।
- प्रतिगामीहरु होसियार, संघीय लोकतन्त्र र गणतन्त्र जिन्दावाद, विर शहिद अमर रहुन् लगायतका नाराबाजी गर्दै जनप्रदर्शन गरिएको छ ।
- नगरपरिक्रमा पश्चात् स्थानीय जनआन्दोलन चौकमा आयोजित कोणसभामा जिल्ला इन्चार्ज एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, प्रदेश कमिटि सदस्य रत्ना तामाङ, जिल्ला सचिव देवनाथ यादव, नगरअध्यक्ष रन्जन झा, अनेरास्ववियु केन्द्रीय कमिटि सदस्य ललितनारायण रजक, राष्ट्रिय यूवा संघ नेपालका जिल्ला इन्चार्ज चितरन्जन यादव, क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया