दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीको राजगढ गाउँपालिका नर्घोस्थित जनता शंकर माबि बिधालय ब्यबस्थापन समितिले आर्थिक अनियमितता गर्न दरबन्दी शिक्षक कट्टा गर्ने षडयन्त्रण गरिरहेको जग्गा दाताले आरोप लगाएका छन् ।
बिधालयका जग्गा दाता रामचन्द्र यादबले बिधालयमा आर्थिक अनियमितता गर्न बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबसहितका केही सदस्यहरू र केही शिक्षकको मिलोमतोमा आप्mनो अनुकुल निमित प्राधानाध्यापक बनाउने र बिधालयमा अनियमित गर्ने षडयन्त्रमा लागेको आरोप लगाएका हुन् ।
राजगढ गाउपालिकाका अध्यक्ष ओमप्रकाश मण्डललाई हुलाकमार्फत दाता परिवार तथा अभिभावकहरूले १ सय ९५ जनाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा बिधालय बयबस्थापन समिति र केही शिक्षकहरू बिधालय शैक्षिक वातावरण बिगार्न लागेको हुदाँ आबश्यक कारवाहीको माग गरेका छन ।
बिधालयलाई ५ बिगाहा १० कठ्ठा जग्गा दान गर्ने दाता तथा बिधालय ब्यबस्थापन समिति पुर्व अध्यक्ष रामचन्द्र यादबले दरबन्दी अनुसार शिक्षक समेत कम रही थप शिक्षकको आबश्यक रहेको अबस्थामा दरबन्दी कट्टा गर्नु दुरभाग्य रहेको बताए ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले बिधालय जस्तो शैक्षिक क्षेत्रमा बिधालयमा आर्थिक अनियमितता गर्न आप्mनो अनुकुल निमित प्राधानाध्यापक बनाउन र अहिलेको निमित प्राधानाध्यपक रबिन्द्र साहलाई दरबन्दी समेत कट्टा गर्ने गरी अन्यन्त्र सार्ने षडयन्त्रण गरिरहेकोले तत्काल रोक्नका लागि गाउपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको जग्गा दाता रामचन्द्र यादबले जानकारी दिए ।
यता उच्च अदालत जनकपुर ईजलास राजबिराजको आदेश अनुसार बिधालयमा २०८० बैशाख २७ गते देखि निमित प्रअ रबिन्द्र कुमार साह (मा.शि.द्वितीय) ले जिम्मेवारी पाए पनि हालसम्म बिधालयको खाता समेत खोल्न ब्यबस्थापन समितिले आलटाल गरेको कारण बिधालयको गतिबिधि बढन नसकेको जग्गा दाता रामचन्द्र यादबले बताए ।
यता पुर्व निमित प्रअ तथा नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष समेत रहेका नारायण यादब (मा.शि.तृतिय) ले बरबुझारत समेत गराउन सहयोग नगरेकोले बिधालय संचालनमा अप्ठयारो भएकोजग्गा दाता रामचन्द्र यादबको आरोप छ ।
तत्कालिन निमित प्रअ नारायण यादबले बिधालयको प्रअको जिम्मेवारी पाएदेखि हालसम्मको कुनै किसिमको हरहिसाव आयब्यय नबुझाएको अभिभावकहरूले आरोप लगाएका छन् ।
ध्यानाकर्षण पत्रमा दरबन्दी अनुसार बिधालयमा शिक्षक कमि रहेको अबस्थामा बिधालय ब्यबस्थापन समिति र शिक्षकहरूको मिलोमतोमा बिधालयमा आर्थिक भ्रष्टाचार गरेको र दाताले दिएको जग्गा बेचेकोले सो सम्बन्धमा अख्तियारवाट छानबिनका लागी अनुसन्धान कार्य समेत भईरहेको जग्गा दाता रामचन्द्रले बताए ।
यता बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले दाता परिवार तथा अभिभावकहरूले लगाएको आरोप निराधार रहेको र दरबन्दी कट्टा गर्न कुनै निर्णय नभएको बताउदै बिधालयलाई नमुना बिधालय बनाउनका लागी बिज्ञापन गर्ने प्रकियामा रहेको बताए ।
हुलाक मार्फत बुझाईएको पत्रमा प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा समन्वय समिति सप्तरी, गाउँपालिका शिक्षा समन्वय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासलाई बोधार्थ पठाएको स्थानिय कृष्णदेव यादबले जानकारी दिए ।
आर्थिक अनियमितता गर्न जनता शंकर माबि नर्घाेमा दरबन्दी शिक्षक काटौती गरेको आरोप
सारांश
- बिधालयका जग्गा दाता रामचन्द्र यादबले बिधालयमा आर्थिक अनियमितता गर्न बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबसहितका केही सदस्यहरू र केही शिक्षकको मिलोमतोमा आप्mनो अनुकुल निमित प्राधानाध्यापक बनाउने र बिधालयमा अनियमित गर्ने षडयन्त्रमा लागेको आरोप लगाएका हुन् ।
- राजगढ गाउपालिकाका अध्यक्ष ओमप्रकाश मण्डललाई हुलाकमार्फत दाता परिवार तथा अभिभावकहरूले १ सय ९५ जनाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा बिधालय बयबस्थापन समिति र केही शिक्षकहरू बिधालय शैक्षिक वातावरण बिगार्न लागेको हुदाँ आबश्यक कारवाहीको माग गरेका छन ।
- बिधालयलाई ५ बिगाहा १० कठ्ठा जग्गा दान गर्ने दाता तथा बिधालय ब्यबस्थापन समिति पुर्व अध्यक्ष रामचन्द्र यादबले दरबन्दी अनुसार शिक्षक समेत कम रही थप शिक्षकको आबश्यक रहेको अबस्थामा दरबन्दी कट्टा गर्नु दुरभाग्य रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया