दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
नेपालमा पहिलो पटक यौन र प्रजनन स्वास्थ्य अधिकार बारे अन्तराष्ट्रिय स्तरको कार्यक्रम आयोजना हुने भएको छ ।
नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एन.एम.एस.एस.) को आयोजनामा भदौ ३० देखी असोज ३ गते सम्म धुलीखेलमा कार्यक्रमको आयोजना हुने भएको छ ।
५० देशको सहभागिता सहित आईएफ एम एस ए एशिया प्रशान्त यौन र प्रजनन स्वास्थ्य अधिकार (एस.आर.एच.आर.) समर स्कुल आयोजना हुने आयोजक नेपाल मेडिकल स्टुडेन्ट सोसाईटका अध्यक्ष डा.नविन गौतमले जानकारी दिएका छन् ।
उक्त समर स्कुलले ५० देशबाट आएका प्रतिनीधीहरुलाई एस आर एच आर र त्यसका विभिन्न क्षेत्रहरुको बारेमा जानकारी अदान प्रदान गर्ने डा.गौतमको भनाई छ । समर स्कुलले प्रजनन स्वास्थ्य, लैङ्गिक समानता र मानवीय अधिकारको विविध पक्षबारे समेत प्रकाश पार्ने जनाइएको छ ।
कार्यक्रममा प्रतिनीधीहरु व्याख्यान, कार्यशाला, र नेटवर्किङ्ग कार्यक्रममा पनि सहभागी हुने छन् । उनीहरु स्थानीय स्वास्थ्य संस्थाको भ्रमण तथा नेपालमा एस आर एच आरको चुनौती र सम्भावनाहरुका बारे समेत जान्ने अवसर पाउने छन । यो समर स्कुलले चिकित्सा छात्रहरुलाई एस आर एच आरको बारेमा सिकाउने र विश्वभरका छात्रछात्राहरुसंग नेटवर्किङ्ग गर्ने अवसर प्राप्त गर्ने छन् । यसले नेपालमा एस आर एच आरको प्रगतिका लागी निकै मदत पुग्ने विश्वास गरिएको डा.गौतमले बताए ।
कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी शूरु गरिएको कार्यक्रम संयोजक डा.ऋचाश्री ढुंगानाले जानकारी दिए ।
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने
सारांश
- नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एन.
- एम.
- एस.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया