दैनिक समाचारदाता
राजविराज, १७ भदौं ।
सप्तरीको तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश सिंहसहित २४ जनाले बिहिवार लोसपा नेपाललाई रोजेका छन् ।
निर्वाचन आयोगले भदौ २२ गतेसम्म पार्टी रोज्न पाउने प्रावधान ल्याएपछि प्रदेश २ का स्थानिय तहका जनप्रतिनिधिहरुले बिहीबार पनि दल रोजेका छन् ।
तिलाठी कोईलाडी गाउपालिका कार्यपालिका २२ जना तथा बिष्णुपुर गाउपालिकाका दुई जना सदस्यहरूले सनाखत गरेपछि बिहिवार लोसपा रोज्नेको संख्या २४ पुगेको हो ।
यो सँगै बुधवार र बिहिवारसम्म ४० जना जनप्रतिनिधिले लोसपामा सनाखत गरेका निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिएका छन ।
यसअघि बुधबार जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादवसहित, राजबिराज नगरपालिका उपप्रमुख साधना झा, छिनमस्ता गाउपालिका उपाध्यक्ष उषा मण्डललगायत १८ जनाले जिल्ला निर्वाचन कार्यालय सप्तरीमा लोसपाको पक्षमा सनाखत गराएका छन् ।
यता लोसपा नेता केशव झाले दलमा सनाखत गर्नका लागि निर्वाचन कार्यालयले भदौ २२ सम्मको समयसीमा तोकेकाले पुर्व राजपाबाट निर्वाचित सबै जनप्रतिनिधिहरू लोसपामा आउन बिश्वास ब्यक्त गरे ।
सो अवसरमा लोसपाका नेता केशव झा, जय प्रकाश ठाकुर, दिनेश यादब, गजेन्द्र मण्डल, दिपेन्द्र चौधरी, महिला नेतृ पुनम यादब, बिनोद यादब, बिजय यादब, सुनिल झा, अमरनाथ मण्डल, लगायतको उपस्थिति रहेको थियो ।
तिलाठी कोइलाडीका अध्यक्षसहित २४ जनाले रोजे लोसपा
सारांश
- निर्वाचन आयोगले भदौ २२ गतेसम्म पार्टी रोज्न पाउने प्रावधान ल्याएपछि प्रदेश २ का स्थानिय तहका जनप्रतिनिधिहरुले बिहीबार पनि दल रोजेका छन् ।
- तिलाठी कोईलाडी गाउपालिका कार्यपालिका २२ जना तथा बिष्णुपुर गाउपालिकाका दुई जना सदस्यहरूले सनाखत गरेपछि बिहिवार लोसपा रोज्नेको संख्या २४ पुगेको हो ।
- यो सँगै बुधवार र बिहिवारसम्म ४० जना जनप्रतिनिधिले लोसपामा सनाखत गरेका निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया