फागुन २७ देखि रुपनीमा दादुरा  रुबेला विरुद्धको खोप लगाईदै

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २१, २०८०
|
|
३९ पटक हेरिएको
Shares
फागुन २७ देखि रुपनीमा दादुरा  रुबेला विरुद्धको खोप लगाईदै

सारांश

  •     रुपनी गाउँपालिकाले सोमवार दादुरा रुबेला खोप बारे सरोकारवालाहरुसंग अन्तरक्रिया एवं छलफल कार्यक्रमको आयोजना गरी अभियान बारे जानकारी गराएका हो ।
  •       गाउँपालिकाका स्वास्थ्य संयोजक रामनारायण यादवले अभियानमा ९ हजार ३ सय १८ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्ष्य लिइएको जानकारी दिए ।
  • उनले ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सबै वडामा व्यवस्था मिलाई सकिएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।

    सप्तरीको रुपनी गाउँपालिकामा यही फागुन २७ गतेदेखि चैत २ गतेसम्म दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । गाउँपालिकाको सबै ६ वटै वडामा सो अभियान सञ्चालन हुने जनाइएको छ । 
    रुपनी गाउँपालिकाले सोमवार दादुरा रुबेला खोप बारे सरोकारवालाहरुसंग अन्तरक्रिया एवं छलफल कार्यक्रमको आयोजना गरी अभियान बारे जानकारी गराएका हो । 
    गाउँपालिकाका स्वास्थ्य संयोजक रामनारायण यादवले अभियानमा ९ हजार ३ सय १८ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्ष्य लिइएको जानकारी दिए । उनले ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सबै वडामा व्यवस्था मिलाई सकिएको उनले बताए ।
    रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित पालिका स्तरीय कार्यक्रममा प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, वडा नं. ४ का वडाअध्यक्ष छेदी ईसर, वडा नं. ५ का वडाअध्यक्ष गंगाराम यादव लगायतकाले गाउँपालिका भित्र ५ दिन सम्म संचालन हुने अभियान सफल बनाउन सबैलाई आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आग्रह गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?