चुलोको खरानी राम्ररी ननिभाउदा गेठियाको घर खरानी

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १९, २०७९
|
|
३० पटक हेरिएको
Shares
चुलोको खरानी राम्ररी ननिभाउदा गेठियाको घर खरानी

सारांश

  •     खाना पकाएर चुलोबाट निकालिएको खरानी राम्ररी ननिभाउदा सल्केको आगोले उनको घर खरानी बनाएको हो ।
  • आगोले ७० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
  •       फुसको संरचना भएका घरका साथै सबै सामान जलेर नष्ट भएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ जमुवा टोल बस्ने हरेकृष्ण गेठियाको घरमा बिहीबार आगलागि हुँदा उनको घर खरानी भएको छ । 
    खाना पकाएर चुलोबाट निकालिएको खरानी राम्ररी ननिभाउदा सल्केको आगोले उनको घर खरानी बनाएको हो । आगोले ७० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    फुसको संरचना भएका घरका साथै सबै सामान जलेर नष्ट भएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । उनका अनुसार गेठियाको घरमा रहेको लत्ताकपडा, खाद्यान्न, फर्निचर लगायतका सबै सरसामान जलेर नष्ट भएको छ । स्थानियवासी र प्रहरीको संयुक्त प्रयासमा एक घण्टाको प्रयासपछि आगोमाथि नियन्त्रण कायम गरिएको र बस्तीलाई थप क्षति हुनबाट जोगाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?