जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा, असन्तुष्ट पक्षद्वारा समानान्तर जिल्ला समिति गठन

राजविराज राजविराज
|
बुधबार, कार्तिक २२, २०८०
|
|
४५ पटक हेरिएको
Shares
जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा, असन्तुष्ट पक्षद्वारा समानान्तर जिल्ला समिति गठन

सारांश

  •     जिल्ला समिति समितिका उपाध्यक्ष रहेका उमेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भेलाले उनकै नेतृत्वमा ५७ सदस्यीय जिल्ला कार्य समिति पनि गठन गरेको छ ।
  •       यसअघि जसपाका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले सूचना जारि गरि भेला जिल्ला समितिको आधिकारीक नभएको भन्दै भेलामा सहभागि नहुन सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।
  • उनले असन्तुष्ट पक्षलाई भेला नगर्न तथा उक्त भेला अवैधानिक र केही व्यक्तिको स्वार्थपूर्तीका लागि हुन लागेको भन्दै स्थानीय नेता तथा कार्यकर्तालाई सहभागि नहुन सूचनामा जनाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।

    जनता समाजवादी पार्टी नेपाल सप्तरीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टीका असन्तुष्ट पक्षधरले बुधबार राजविराजमा जिल्ला स्तरिय भेलाको आयोजना गरेको छ । सो भेलाले समानान्तर जिल्ला समिति समेत गठन गरेको छ । 
    जिल्ला समिति समितिका उपाध्यक्ष रहेका उमेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भेलाले उनकै नेतृत्वमा ५७ सदस्यीय जिल्ला कार्य समिति पनि गठन गरेको छ । 
    यसअघि जसपाका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले सूचना जारि गरि भेला जिल्ला समितिको आधिकारीक नभएको भन्दै भेलामा सहभागि नहुन सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन समेत दिएका थिए । उनले असन्तुष्ट पक्षलाई भेला नगर्न तथा उक्त भेला अवैधानिक र केही व्यक्तिको स्वार्थपूर्तीका लागि हुन लागेको भन्दै स्थानीय नेता तथा कार्यकर्तालाई सहभागि नहुन सूचनामा जनाएका थिए । 
    तर, सो सूचना विपरीत बुधबार असन्तुष्ट पक्षले जिल्ला कार्य समितिकै ब्यानर राखेर ब्यापक सहभागितामा जिल्ला स्तरिय कार्यकर्ता भेलाको आयोजना गरेपछि विवाद उत्कर्षमा पुगेको हो । जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित भेलामा जिल्ला, प्रदेश र केन्द्रसम्मका नेता सहभागि भए । असन्तुष्ट पक्षको भेलामा गत स्थानीय तहको निर्वाचनमा जसपाका तर्फबाट नगर प्रमुख तथा गाउँपालिका अध्यक्षका उमेदवार बनेका १८ मध्ये १३ पालिका उमेदवार पनि सहभागि थिए । 
    भेलाका प्रमुख अतिथि जसपाकी राजनीतिक कार्यसमिति सदस्य एवं पूर्वमन्त्री रेणु यादवले पार्टी भित्र आन्तरिक प्रजातन्त्र कायम गर्न तथा पार्टीको गिरदो साखलाई जोगाउन आफूहरु बिद्रोहमा उत्रेको बताईन् । आफूहरुको बिद्रोह नेतृत्वमा देखिएको तानाशाही प्रवृती तथा पार्टीलाई जिवन्तता प्रदान गर्नका लागि भएको उनको भनाई छ । 
    जिल्लादेखी केन्द्रमा नेतृत्व गर्नेहरुले लोकतान्त्रिक विधी त्यागेर मनोमानी र एकलौटी ढंगले हिड्दा पार्टीको जनाधार कमजोर बन्दै गएको तथा कार्यकर्ता र समर्थकमा नैराश्यता बढ्दै गएको उनले बताईन् । पार्टीमा आमूल परिवर्तनको आवश्यकता औल्याउँदै उनले यसका लागि अब नयाँ ढंगले अघि बढ्ने उद्घोष गरिन् । 
    जसपाका मधेश प्रदेश कमिटिका उपाध्यक्ष शम्भु झाले संगठन कसरी बलियो बनाउने भन्दा पनि नेतृत्वले आसेपासेलाई बलियो बनाउने तिर बढी ध्यान केन्द्रित गरेको र इमान्दार कार्यकर्तालाई पाखा लगाउँदै गरेको आरोप लगाए । उनले निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म पार्टी अध्यक्ष उपेन्द्र यादवले आफू कहाबाट चुनाव लड्ने भनी निर्णय लिन नसकेका कारण उनी आफ्नै कमजोरीले सप्तरी २ बाट गत संसदीय निर्वाचनमा पराजित बन्नु परेको जिकिर गरे । 
    जनता र कार्यकर्ताको भावना विपरीत नेतृत्व एकलौटी ढंगले निर्णय गर्ने अनि जबरजस्ती लाद्न खोज्ने र त्यही कारणले पार्टीको अवस्था खस्किदै गएकाले नेतृत्वलाई सही दिशामा ल्याउन पनि हामी अघि बढ्को बताए । उनले आफ्नो गुट वा आसेपासेलाई च्यापेर पार्टीको नेता बन्ने दुरसाहस नर्गन समेत नेतृत्व वर्गलाई सचेत गराए ।  
    उमेश प्रसाद यादवको अध्यक्षतमा आयोजित भेलामा जसपा राजनीति समिति एवं मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, पूर्वसांसद डा. सूर्यनारायण यादव, जसपाका केन्द्रिय सदस्य दिपक यादव, जगदेव यादव, समाजवादी यूवा संघका जिल्ला अध्यक्ष शिवम यादव, यूवा नेता निरज मुक्ति, सत्यनारायण यादव, मो. शबिर, निलेश झा, दयानन्द गोइत, भिमराज यादवलगायतले पनि नेतृत्वमा रहेको कमजोरीका कारण पार्टी धरासायी हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
सप्तरीको एउटै पालिकाबाट १३ सहित १६ जना पक्राउ
सप्तरीको एउटै पालिकाबाट १३ सहित १६ जना पक्राउ
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा
राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 
ब्रतालु महिलालाई साडीसँगै पुजा सामाग्री प्रदान
ब्रतालु महिलालाई साडीसँगै पुजा सामाग्री प्रदान
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?