सरकारी अस्पताल छोडेर निजी अस्पतालमा जानेहरुमाथी निगरानी गरिने ः मेयर यादव

राजविराज राजविराज
|
सोमबार, जेठ २३, २०७९
|
|
६८ पटक हेरिएको
Shares
सरकारी अस्पताल छोडेर निजी अस्पतालमा जानेहरुमाथी निगरानी गरिने ः मेयर यादव

सारांश

  •     सोमवार राजविराज नगरपालिकाद्वारा आफ्नै सभाकक्षमा आयोजित पत्रकारहरुसंगको परिचयात्मक तथा आगामी नीति योजना तथा बजेट निर्माणबारे सुझाव संकलन कार्यक्रममा बोल्दै उनले सो निगरानी गरिने बताएका हुन् ।
  •       राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पतालमा चिकित्सकहरुले उपचार सेवा दिनु भन्दा नीजि अस्पतालमा बढी समय दिने गरेको भन्दै उनले यसमा सुधार नगरे कडा कदम चाल्ने चेतावनी समेत दिए ।
  •       उनले अस्पताल निरिक्षणको क्रममा विरामी र कूरुवा समेतले गुनासो आएपछि तत्कालै अस्पताल प्रशासनको वैठक बोलाई समस्या समाधानको प्रयास गरिएको उनको भनाई थियो ।

दैनिक समाचारदाता
राजविराज, २३ जेठ । 
    राजविराज नगरपालिकाका नवनिर्वाचित मेयर भिमराज यादवले सरकारी अस्पतालको ड्युटी छोडेर सोही समयमा निजी अस्पतालमा जानेहरुमाथी सिसी क्यामेराका साथै अन्य श्रोत साधनबाट निगरानी गरिने बताएका छन् ।
    सोमवार राजविराज नगरपालिकाद्वारा आफ्नै सभाकक्षमा आयोजित पत्रकारहरुसंगको परिचयात्मक तथा आगामी नीति योजना तथा बजेट निर्माणबारे सुझाव संकलन कार्यक्रममा बोल्दै उनले सो निगरानी गरिने बताएका हुन् । 
    राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पतालमा चिकित्सकहरुले उपचार सेवा दिनु भन्दा नीजि अस्पतालमा बढी समय दिने गरेको भन्दै उनले यसमा सुधार नगरे कडा कदम चाल्ने चेतावनी समेत दिए । 
    उनले अस्पताल निरिक्षणको क्रममा विरामी र कूरुवा समेतले गुनासो आएपछि तत्कालै अस्पताल प्रशासनको वैठक बोलाई समस्या समाधानको प्रयास गरिएको उनको भनाई थियो । 
    उनले अस्पताललाई चाहिने आवश्यक जनशक्ती तथा बन्द रहेको सिटीस्क्यान र एक्सरे सेवा तत्कालै संचालनका लागी लाग्ने खर्च पनि नगरपालिकाबाट अस्पताल प्रशासनलाई उपलब्ध गराइएको बताउँदै अब पनि सुधारको अवस्था नदेखिए कडा कदम उठाउन बाध्य हुने चेतावनी पनि दिए । 
    यस्तै सोही कार्यक्रममा नवनिर्वाचित मेयर यादवले नगरवासीको सुविधाका लागी तीन महिना भित्र नगर क्षेत्रमा नगरवस संचालनमा ल्याउने प्रतिबद्धता दोह¥याए । यस्तै साविकको ६० विघा क्षेत्रफलमा रहेको राजविराजका वासिन्दाहरुको जग्गाको हाल सम्म लालपुर्जा नरहेका कारण बैंकमा धितो राखेर कारोबार गर्न समेत समस्या भईरहेको प्रति चिन्ता ब्यक्त गर्दै उनले यसबारे छिट्टै पहल थालेर उनीहरुलाई लाल पुर्जा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए । 
    आगामी आर्थिक वर्षका लागी नगरपालिकाबाट बनार्ईने योजना उपर साकारात्मक सल्लाह सुझावका लागी उनले संचारकर्मी लगायत सरोकारवाला सबै संग आग्रह समेत गरेका छन् । 
    कार्यक्रममा उपमेयर इशरत प्रविण तथा विभिन्न वडाका वडाअध्यक्ष समेतले नगरपालिकाको भावी नीति योजना तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरुबारे आ–आफनो राय सुझाव दिन सभागीहरुसंग आग्रह गरेका थिए । 
    कार्यक्रमका सहभागी संचारकर्मीहरुरुले राजविराज नगरपालिकाको विद्यमान समस्या, चुनौती र त्यसको समाधानबारे आ–आफनो सुझावसहित नवनिर्वाचित सबैलाई सफल कार्यकालको शुभकामना दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपरिचित पुरुषको शव फेला
अपरिचित पुरुषको शव फेला
सप्तरीमा संक्रमितको संख्या ५ सय ३१, ६ जना प्रहरी पनि संक्रमित
सप्तरीमा संक्रमितको संख्या ५ सय ३१, ६ जना प्रहरी पनि संक्रमित
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट  पत्रकार गुप्तासहित तीनजना सम्मानित
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गुप्तासहित तीनजना सम्मानित
सबै प्रक्रिया पुरा गरे पनि  नगरपालिकाले म माथि अन्याय गर्दैछ ः लोसपा नेता ठाकुर
सबै प्रक्रिया पुरा गरे पनि  नगरपालिकाले म माथि अन्याय गर्दैछ ः लोसपा नेता ठाकुर
सबैला घटनाप्रति सप्तरीमा मुसहर समुदायको प्रदर्शन
सबैला घटनाप्रति सप्तरीमा मुसहर समुदायको प्रदर्शन
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
गायनतर्फ सुनितालाई र दिलिपलाई अधिकारकर्मी पुरस्कार
गायनतर्फ सुनितालाई र दिलिपलाई अधिकारकर्मी पुरस्कार
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्