लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्

राजविराज राजविराज
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
२२ पटक हेरिएको
Shares
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्

सारांश

  •     यस्तै विज्ञप्तिमा नेपाल अडिटर्स एशोसिएशन सप्तरीले फागुन ११ गते लेखापरिक्षकको नियुक्ति सम्बन्धमा सूचना माग गर्दा शिक्षा शाखाले कुनै जानकारी नदिएकोले सो सम्बन्धमा आवश्यक छानबिन गरि कडा कारवाहीका लागि माग गरिएको छ ।
  •       उक्त नगरपालिकाको ३२ सामुदायिक विद्यालयहरुले आ.
  • ब.

    राजविराज÷नेपाल अडिटर्स एशोसिएसन जिल्ला कार्य समिति सप्तरीले जिल्लाको कंचनरुप नगरपालिकाले स्थानिय सामुदायिक विद्यालयहरुमा लेखापरिक्षकको नियुक्तीमा अनियमितता भएको ओरोप लगाएको छ । 
    अडिटर्स एशोसिएसनका अध्यक्ष विश्वनाथ देवद्वारा जारि विज्ञप्तिमा कंचनरुप नगरपालिका शिक्षा शाखाले लेखापरिक्षणार्थ लेखापरिक्षकको नियुक्ति गर्न सूचना पालिकाको वेवसाइटमा असोज १२ गते प्रकाशित गरेपछि ३३ जनाको निवेदन परेकोमा १५ जनालाई मात्र आर्थिक चलखेल गरि मनपरी तरिकाले नियुक्त गरेको आरोप लगाइएको छ । 
    ३३ जना मध्ये १३ जना स्थानिय लेखापरिक्षकको निवेदन परेकोमा ३ जनालाई मात्र नियुक्त गरि व्यापक अनियमितता गरेको एशोसिएसनले निश्कर्ष निकालेको छ ।
    यस्तै विज्ञप्तिमा नेपाल अडिटर्स एशोसिएशन सप्तरीले फागुन ११ गते लेखापरिक्षकको नियुक्ति सम्बन्धमा सूचना माग गर्दा शिक्षा शाखाले कुनै जानकारी नदिएकोले सो सम्बन्धमा आवश्यक छानबिन गरि कडा कारवाहीका लागि माग गरिएको छ । 
    उक्त नगरपालिकाको ३२ सामुदायिक विद्यालयहरुले आ.ब. २०७५÷०७६ देखी २०७७÷७८ सम्म तीन वर्षको हालसम्म लेखापरिक्षण गराएका छैनन् । नगरपालिकाहृस्को शिक्षा शाखाले ती विद्यालयहरुको लेखापरिक्षणका लागि प्रदेश १ का ११, मधेश प्रदेशको लहानका एक तथा सप्तरीका ३ जना लेखापरिक्षकहरुलाई नियुक्त गरेको छ ।  
    यता सप्तरीका लेखापरिक्षहरुले आफूहरुले सूचनाले माग गरे अनुरुप नै सम्पूर्ण प्रक्रिया पुरा गरि निवेदन पेश गर्दा पनि स्थानिय लेखापरिक्षहरुलाई पालिकाले उपेक्षित गरेको आरोप लगाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?