मधेशका माग सम्बोधन बटम लाइन ः लोसपा अध्यक्ष ठाकुर

राजविराज राजविराज
|
शनिबार, जेठ १२, २०८१
|
|
१५ पटक हेरिएको
Shares
मधेशका माग सम्बोधन बटम लाइन ः लोसपा अध्यक्ष ठाकुर

सारांश

  •     प्रधानमन्त्री प्रचण्ड मधेशको माग बारे आश्वासन दिई धोका मात्र दिइने गरेको भन्दै उनले त्यही कारणले आफूहरु उनको नेतृत्वको सरकारलाई विश्वासको मत नदिएको खुलासा पनि गरे ।
  •       उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतमा सहयोग माग्न आएको बेला आफूहरुले चेक र उधारोमा होइन् कार्यान्वयन गरेर देखाए मात्र सहयोग गर्ने भन्दै स्पष्ट जवाफ दिएको बताए ।
  •       माओवादी जनयुद्ध महान हुने अनि मधेश आन्दोलन अपराध हुने ?

    राजविराज÷लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनसहित मधेशका माग पूरा गर्नुलाई आफूहरुले बटमलाईन बनाएको बताएका छन् । 
    शनिबार लोसपा सप्तरीद्वारा आयोजना गरिएको सदस्यता बितरण अभियान तथा कार्यकर्ता भेलामा आएका उनले सम्बोधनका क्रममा यस्तो बताएका हुन् । 
    उनले सो माग पुरा नभएसम्म आफूहरुको संघर्ष जारि नै रहने उद्घोष गर्दै विभिन्न आन्दोलनका क्रममा झुठा मुद्दा लगाइएका आफ्ना दर्जनौं नेता कार्यकर्ता अहिले पनि थुनामा २स्रहेकाले त्यस्ता राजनीतिक बन्दीलाई मुद्दा फिर्ता गरि आफूहरुका माग पुरा नगरुन्जेलसम्म वर्तमान सरकारलाई समर्थन दिन नसकिने जिकिर गरे । 
    प्रधानमन्त्री प्रचण्ड मधेशको माग बारे आश्वासन दिई धोका मात्र दिइने गरेको भन्दै उनले त्यही कारणले आफूहरु उनको नेतृत्वको सरकारलाई विश्वासको मत नदिएको खुलासा पनि गरे । 
    उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतमा सहयोग माग्न आएको बेला आफूहरुले चेक र उधारोमा होइन् कार्यान्वयन गरेर देखाए मात्र सहयोग गर्ने भन्दै स्पष्ट जवाफ दिएको बताए । 
    माओवादी जनयुद्ध महान हुने अनि मधेश आन्दोलन अपराध हुने ? भनी प्रश्न प्रधानमन्त्रीसँग आफूले गरेको प्रसङ्ग उठाउँदै उनले अब मधेशका माग पुरा नभएसम्म विश्वासको वातावरण बन्न नसक्ने भनेर प्रधानमन्त्री प्रचण्डलाई फर्काइदिएको बताए ।
    उनले मधेशका जायज माग पुरा गर्न सरकारलाई दबाब दिन निकट भविष्यमै संघर्षका कार्यक्रमहरु घोषणा गरिने जानकारीका साथ कार्यकर्ताहरुलाई यसका लागि तयार रहन आग्रह समेत गरे । 
    लोसपा सप्तरीका अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपाका वरिष्ठ नेता शरद्सिंह भण्डारी, राष्ट्रियसभा सदस्य शेखर सिंह, पूर्वप्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, उपाध्यक्ष जयप्रकाश ठाकुर, प्रदेश सांसद जितेन्द्र सोनल, रानीशर्मा तिवारी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, महादेवा गाउँपालिकाका अध्यक्ष सुनलि मण्डल लगायतले पनि देशको वर्तमान अवस्था र लोसपाको भूमिका बारे चर्चा गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
सद्भाव ¥यालीसहित “मोहम्मद डे” मनाइयो 
सद्भाव ¥यालीसहित “मोहम्मद डे” मनाइयो 
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण 
चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण 
मन्त्रालयले फिर्ता बोलाउनुको साटो कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठायो 
मन्त्रालयले फिर्ता बोलाउनुको साटो कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठायो 
विदेशी प्रशिक्षकद्वारा सप्तरीमा ग्रासरुट प्रशिक्षण
विदेशी प्रशिक्षकद्वारा सप्तरीमा ग्रासरुट प्रशिक्षण
शंकास्पद बस्तु निस्कृय पार्दा भेटिए मेकअपका सामाग्रि
शंकास्पद बस्तु निस्कृय पार्दा भेटिए मेकअपका सामाग्रि
बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा 
बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा