दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
सडक तथा नाला निर्माण कार्य सुस्त भएको र समस्या परेको भन्दै राजविराज नगरपालिका २ अरसाही पोखरी टोलका स्थानियहरु आक्रोसित भएका छन् ।
उनीहरुले बुधबार प्रदर्शन गर्दै सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पुगेको अबिलम्ब उक्त निर्माण कार्यलाई गति नदिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
निर्माण कार्यको ठेक्का पाएका रोशण कन्ट्रक्सनले सुस्त गतिमा काम गर्दा आफुहरु समस्यामा परेको भन्दै स्थानियले कार्यालय प्रमुख रमेश थिंग सँग खेलाँची गर्ने ठेकेदार कम्पनी माथि कारवाही गर्न माग समेत गरेका छन् ।
अधुरो नाला निर्माण कार्यका कारण बर्षाका बेला पानी जम्ने, डुमान हुने र फोहोर मैला जमेर लामखुट्टेको प्रकोप फैल्नुका साथै बस्ती नै दुर्गन्धित बनेको तथा नाला बनाउन घर अगाडी खनिएको गहिलो खाडलमा सुरक्षाका लागि केही नराख्दा विद्यालय आवत जावत गर्दा बालबालिकाहरु खसेर दैनिक जसो दुर्घटना हुने गरेको स्थानिय चन्दन यादवले दुखेसो पोखे ।
दुई वर्ष अघिदेखि सुरु भएको निर्माण कार्य आगामी २०७७ आषढ महिना भित्र सम्पन्न गरि सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर सम्झौता म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा ५० प्रतिशत पनि काम नभएको स्थानियले गुनासो गरेका छन् ।
निर्माण कार्य सुस्त भएको भन्दै स्थानियको विरोध र प्रदर्शन
सारांश
- उनीहरुले बुधबार प्रदर्शन गर्दै सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पुगेको अबिलम्ब उक्त निर्माण कार्यलाई गति नदिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
- निर्माण कार्यको ठेक्का पाएका रोशण कन्ट्रक्सनले सुस्त गतिमा काम गर्दा आफुहरु समस्यामा परेको भन्दै स्थानियले कार्यालय प्रमुख रमेश थिंग सँग खेलाँची गर्ने ठेकेदार कम्पनी माथि कारवाही गर्न माग समेत गरेका छन् ।
- अधुरो नाला निर्माण कार्यका कारण बर्षाका बेला पानी जम्ने, डुमान हुने र फोहोर मैला जमेर लामखुट्टेको प्रकोप फैल्नुका साथै बस्ती नै दुर्गन्धित बनेको तथा नाला बनाउन घर अगाडी खनिएको गहिलो खाडलमा सुरक्षाका लागि केही नराख्दा विद्यालय आवत जावत गर्दा बालबालिकाहरु खसेर दैनिक जसो दुर्घटना हुने गरेको स्थानिय चन्दन यादवले दुखेसो पोखे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया