दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
आफन्तले नै इटा उद्योगमा अलपत्र छाडेर गएका एक भारतीय बालकको प्रहरीले उद्दार गरेको छ ।
विगत ६ महिनादेखी सप्तरीको विष्णपुर गाउँपालिकास्थित रतन इटा उद्योगमा अलपत्र अवस्थामा रहेका भारत आसाम राज्य ध्रबी जिल्लाका ११ वर्षिय मोहिबुल एसकेको सोमबार प्रहरीले उद्दार गरेको हो ।
सोही इटा उद्योगमा कार्यरत उनका बुबा इस्काइल एसकेले ६ महिना अघि मोहिबुल एसकेलाई अलपत्र छाडेर सम्पर्कबिहीन भएका थिए । ६ महिना बितिसकेपनि उनीसँगै कोही आफन्त सम्पर्क नआएपछि अलपत्र परेका बालकको बिजोग भएको थियो ।
यसबारे प्रहरीले थाहा पाएपछि प्रहरी उपरिक्षक राजेन्द्र विष्टको अगुवाईमा पुगेको टोलीले बालकको उद्दार गरि संरक्षणका लागि सोमबारै सनुसरीको इटहरीस्थित हेल्पलाइन बाल संरक्षण गृहको जिम्मा लगाएको छ ।
बालकको उचित संरक्षणका साथै पारिवारिक मिलनका लागि समेत प्रयास थालिएको प्रहरी उपरिक्षक विष्टले बताए ।
अलपत्र भारतीय बालकको प्रहरीद्वारा उद्दार
सारांश
- विगत ६ महिनादेखी सप्तरीको विष्णपुर गाउँपालिकास्थित रतन इटा उद्योगमा अलपत्र अवस्थामा रहेका भारत आसाम राज्य ध्रबी जिल्लाका ११ वर्षिय मोहिबुल एसकेको सोमबार प्रहरीले उद्दार गरेको हो ।
- सोही इटा उद्योगमा कार्यरत उनका बुबा इस्काइल एसकेले ६ महिना अघि मोहिबुल एसकेलाई अलपत्र छाडेर सम्पर्कबिहीन भएका थिए ।
- ६ महिना बितिसकेपनि उनीसँगै कोही आफन्त सम्पर्क नआएपछि अलपत्र परेका बालकको बिजोग भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया