माओवादीले सप्तरी क्षेत्र नं. २ मा  प्रतिनिधिसभा तथा प्रदेशसभा १  बाट कसैको नाम सिफारिस गरेन

राजविराज राजविराज
|
आइतबार, भाद्र २६, २०७९
|
|
४१ पटक हेरिएको
Shares
माओवादीले सप्तरी क्षेत्र नं. २ मा  प्रतिनिधिसभा तथा प्रदेशसभा १  बाट कसैको नाम सिफारिस गरेन

सारांश

  •     यसअघि यो क्षेत्रबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा.
  • सिके राउत तथा लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता जयप्रकाश ठाकुरको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
  • गत निर्वाचनमा यो क्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २६ भदौ । 

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र सप्तरीले क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य तथा सोही क्षेत्रको प्रदेशसभा १ बाट कसैको नाम सिफारिस गरेको छैन । 
    यसअघि यो क्षेत्रबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत तथा लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता जयप्रकाश ठाकुरको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । गत निर्वाचनमा यो क्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । 
    माओवादी केन्द्रले संघ र प्रदेशमा गठबन्धनको सरकार रहेकोले यस क्षेत्रबाट कसैको नाम सिफारिस नगरेको श्रोतले जनाएको छ । सोही गठबन्धमा जसपा पनि रहेकोले सो पार्टीबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने बलियो सम्भावना रहेको श्रोतको दाबी छ । 
    यस्तै सोही क्षेत्रको प्रदेशसभा १ बाट जसपाका केन्द्रिय सदस्य एवं मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसहित पाँच जनाको नाम उम्मेदवारका लागि  सिफारिस भएको जसपा सप्तरीले जनाएको छ । श्रोतका अनुसार प्रतिनिधिसभा क्षेत्र नं. २ र सोही क्षेत्रको प्रदेशसभा १ मा माओवादी केन्द्रले जसपासँग तालमेल गर्ने भएकोले आफ्नो कुनै पनि उम्मेदवारको नाम समेत सिफारिस नगरेको हो । 
    यता नेकपा माओवादी केन्द्र सप्तरीका ईन्चार्ज तथा केन्दिय सदस्य अशोक कुमार मण्डल (अमर) ले आइतबार एक विज्ञप्ति जारि गर्दै जिल्लाको ४ वटै क्षेत्रको प्रदेश र प्रतिनिधिसभा सदस्यका सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रिय कार्य समितिमा पठाएको जनाएका छन् । 
    जसअनुसार सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा अशोक कुमार मण्डल (अमर) र सुर्यनाथ यादवको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ भने सोही क्षेत्रको प्रदेशसभा १ बाट शम्भु खडका र सत्य नारायण चौधरी तथा २ बाट अशोक कुमार मण्डल (अमर) र सुर्यनाथ यादवको नाम सिफारिस गरिएको छ । 
    यस्तै क्षेत्र नं. २ को प्रदेशसभा २ बाट महेश प्रसाद यादव र उमेश कुमार यादवको नाम उम्मेदवारका लागि सिरफारिस गरिएको छ । 
    यस्तै प्रतिनिधि सभा क्षेत्र नं. ३ बाट शेर सिंह र कर्मलाल यादव तथा प्रदेशसभा १ बाट अरुण कुमार साह र श्याम नारायण चौधरी तथा प्रदेशसभा २ बाट ऋषि यादव र कलाम खाँको नाम सिफारिस गरिएको छ । 
    यसैगरि प्रतिनिधि सभा क्षेत्र नं. ४ बाट कर्मलाल चौधरी तथा प्रदेशसभा १ बाट रुबी कुमारी कर्ण तथा प्रदेशसभा २ बाट डा. सुर्या प्रसाद यादव र किरण यादवको नाम सिफारिस गरिएको जारि विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
“बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत  छोरीहरुको शिक्षा बिमा गर्ने जिम्मा स्थानिय तहलाई 
“बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत  छोरीहरुको शिक्षा बिमा गर्ने जिम्मा स्थानिय तहलाई 
चिसोका कारण समस्यामा परेका बालबालिकालाई सहयोग
चिसोका कारण समस्यामा परेका बालबालिकालाई सहयोग
भारतीय सुरक्षाकर्मीद्वारा हुलाकी सडक  अन्तरगतको पुल निर्माणमा अवरोध 
भारतीय सुरक्षाकर्मीद्वारा हुलाकी सडक  अन्तरगतको पुल निर्माणमा अवरोध 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?