सप्तरीका २४ जनाले विदेशमा गुमाए ज्यान 

राजविराज राजविराज
|
शुक्रबार, जेठ २५, २०८१
|
|
५१ पटक हेरिएको
Shares
सप्तरीका २४ जनाले विदेशमा गुमाए ज्यान 

सारांश

  •     शुक्रवार राजविराज नगरपालिकाको आयोजना, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका र राजगढ गाउँपालिकाको सहकार्यमा आयोजित “सुरक्षित वैदेशिक रोजगारीका लागी संचारकर्मीहरु संगको अन्तरकृया” कार्यक्रममा यस्तो तथ्याँक सार्वजनिक गरिएको हो ।
  •       सुरक्षित आप्रवासन कार्यक्रम (सामी) परियोजना अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा कार्यक्रम संयोजक राजेन्द्र यादवले प्रस्तुत गरेको प्रतिवेदनमा २०८० साउन देखि २०८१ जेठ २५ सम्ममा वैदेशिक रोजगारीका लागी विभिन्न मूलुक गएका मध्ये २४ जनाको मृत्यु भएको उल्लेख छ ।
  •       सीप र सूचना नलिई वैदेशिक रोजगारीमा जाँदा धेरै नेपाली अलपत्र पर्ने, विभिन्न दुर्घट्ना र रोगको शिकार हुने र अन्त्यमा ज्यान सम्म गुमाउने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।

    सप्तरीबाट बैदेशिक रोजगारमा गएका मध्ये १० महिनामा २४ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक बर्षको १० महिनामा वैदेशिक रोजगारका क्रममा २४ जना यूवाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरिएको छ । 
    शुक्रवार राजविराज नगरपालिकाको आयोजना, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका र राजगढ गाउँपालिकाको सहकार्यमा आयोजित “सुरक्षित वैदेशिक रोजगारीका लागी संचारकर्मीहरु संगको अन्तरकृया” कार्यक्रममा यस्तो तथ्याँक सार्वजनिक गरिएको हो । 
    सुरक्षित आप्रवासन कार्यक्रम (सामी) परियोजना अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा कार्यक्रम संयोजक राजेन्द्र यादवले प्रस्तुत गरेको प्रतिवेदनमा २०८० साउन देखि २०८१ जेठ २५ सम्ममा वैदेशिक रोजगारीका लागी विभिन्न मूलुक गएका मध्ये २४ जनाको मृत्यु भएको उल्लेख छ । 
    सीप र सूचना नलिई वैदेशिक रोजगारीमा जाँदा धेरै नेपाली अलपत्र पर्ने, विभिन्न दुर्घट्ना र रोगको शिकार हुने र अन्त्यमा ज्यान सम्म गुमाउने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । 
    यसै अवधिमा वैदेशिक रोजगारी ठगीका ३८, काम फरकका ६६, असहज कामका ४, स्वास्थ्य समस्याका ३, विभिन्न कारणले विदेशी भुमीमा जेल गएका ४ र सम्पर्क विहिन भएका ४ घट्ना भएको उजुुरी प्राप्त भएको आप्रवासी श्रोत केन्द्र सप्तरीकी परामर्शदाता नीता चौधरीले बताईन । 
    वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दाे बनाउनका लागी नगरपालिका र सुरक्षित वैदेशिक रोजगारका लागी आप्रावासी श्रोत केन्द्रको सहकार्यमा सामुदाय स्तरमा विभिन्न गतिविधी थालिएको उनको भनाई छ ।
    कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै हेल्भिटास नेपालका कार्यक्रम अधिकृत राम प्रमेश मण्डलले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन वैदेशिक रोजगारीमा जाने यूवा यूवती र तिनका परिवारलाई लक्षित गरी जिल्लाको विभिन्न पालिकामा मनोसमाजिक परार्मश, वित्तिय साक्षरता, निःशुल्क कानूनी सहायता (न्यायमा पहुँच), सूचना तथा परामर्श सेवा (सूचनामा पहुँच) लगायतका कार्यक्रम संचालन गरिएको बताए । 
    परियोजनाले हरेक जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सूचना केन्द्र, वैदेशिक रोजगारीमा जान इच्छुकलाई निःशुल्क सीपमूलक तालिम, रोजगारीमा रहेकाहरुमा पारिवारीक विचलन आए सहजीकरणको भूमिका, रोजगारीबाट आउने रेमिट्यान्स सदुपयोग गर्न व्यवसायिक लगानीका लागी आवश्यक परार्मश, विदेशमा कम्पनीबाट ठगिएकाहरुलाई न्यायका लागी कानूनी परार्मशमा सहयोग, मुदामामिला, क्षतिपुर्ती राहत तथा अन्य प्रकृयाका लागी सहयोग गर्दै आएका उनले जनाए । 
    वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दाे र मर्यादित बनाउनका लागी समूहस्तर मै गएर जानकारी गराउने उदेश्यले यस्ता गतिविधी तिब्र पारिएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 
सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी
सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी
होली परम्परा धान्दै मारवाडी समुदाय
होली परम्परा धान्दै मारवाडी समुदाय
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
पाँच वर्षिय बालकदेखी बृद्ध सम्मलाई ह्विल चेयर प्रदान
पाँच वर्षिय बालकदेखी बृद्ध सम्मलाई ह्विल चेयर प्रदान
लिटिल एन्जेल बिजयी
लिटिल एन्जेल बिजयी
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी