दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
प्रहरीबाट रिहा भएका एक युवकले १२ घण्टा नबित्दै आफ्नै बुवाको हत्या गरेका छन । कुटपिट र झै–झगडा नगर्ने शर्तमा अभिभावको रोहबरमा रिहा भएका उनले आफ्नै बुबाको हत्या गरेका हुन् ।
सप्तरीको सप्तकोशी नगरपालिका ३ सखबनी घर भएका २२ वर्षिय लाल देव सदाले आफ्नै वुआ ४५ वर्षिय हिराई सदाको हत्या गरेको प्रहरीले जनाएको छ ।
बुधवार विहान ७ बजेतीर उनले बन्चरो प्रहार गरी आफनो बुआ हिराईको हत्या गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दिपक रायले जानकारी दिए । बन्चरो प्रहारबाट उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुआलाई बन्चरो प्रहार गर्दै गरेको देखेर बचाउन गएका छिमेकी दशन सदामाथी समेत लालदेवले आक्रमण गरी घाईते बनाएको र उनको फत्तेपुरस्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको डिएसपी रायले जानकारी दिए ।
मदिरा तथा लागु औषधको कुलतमा फसेका लालदेवलाई सो कुलत त्याग्न र झै–झगडा नगर्न सम्झाउँन खोज्दा आवेशमा आएर अचानक बन्चरो प्रहार गर्न थालेको स्थानीयहरुले बताएका छन् ।
प्रहरीले हत्यामा प्रयोग गरिएको बन्चरोसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए । उनीमाथी कर्तब्य ज्यान मुद्दा अन्र्तगत कारवाही र अनुन्सधान प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै युवकले गरे आफ्नै बुबाको हत्या
सारांश
- सप्तरीको सप्तकोशी नगरपालिका ३ सखबनी घर भएका २२ वर्षिय लाल देव सदाले आफ्नै वुआ ४५ वर्षिय हिराई सदाको हत्या गरेको प्रहरीले जनाएको छ ।
- बुधवार विहान ७ बजेतीर उनले बन्चरो प्रहार गरी आफनो बुआ हिराईको हत्या गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दिपक रायले जानकारी दिए ।
- बन्चरो प्रहारबाट उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया