दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
प्रहरीबाट रिहा भएका एक युवकले १२ घण्टा नबित्दै आफ्नै बुवाको हत्या गरेका छन । कुटपिट र झै–झगडा नगर्ने शर्तमा अभिभावको रोहबरमा रिहा भएका उनले आफ्नै बुबाको हत्या गरेका हुन् ।
सप्तरीको सप्तकोशी नगरपालिका ३ सखबनी घर भएका २२ वर्षिय लाल देव सदाले आफ्नै वुआ ४५ वर्षिय हिराई सदाको हत्या गरेको प्रहरीले जनाएको छ ।
बुधवार विहान ७ बजेतीर उनले बन्चरो प्रहार गरी आफनो बुआ हिराईको हत्या गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दिपक रायले जानकारी दिए । बन्चरो प्रहारबाट उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुआलाई बन्चरो प्रहार गर्दै गरेको देखेर बचाउन गएका छिमेकी दशन सदामाथी समेत लालदेवले आक्रमण गरी घाईते बनाएको र उनको फत्तेपुरस्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको डिएसपी रायले जानकारी दिए ।
मदिरा तथा लागु औषधको कुलतमा फसेका लालदेवलाई सो कुलत त्याग्न र झै–झगडा नगर्न सम्झाउँन खोज्दा आवेशमा आएर अचानक बन्चरो प्रहार गर्न थालेको स्थानीयहरुले बताएका छन् ।
प्रहरीले हत्यामा प्रयोग गरिएको बन्चरोसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए । उनीमाथी कर्तब्य ज्यान मुद्दा अन्र्तगत कारवाही र अनुन्सधान प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै युवकले गरे आफ्नै बुबाको हत्या
सारांश
- सप्तरीको सप्तकोशी नगरपालिका ३ सखबनी घर भएका २२ वर्षिय लाल देव सदाले आफ्नै वुआ ४५ वर्षिय हिराई सदाको हत्या गरेको प्रहरीले जनाएको छ ।
- बुधवार विहान ७ बजेतीर उनले बन्चरो प्रहार गरी आफनो बुआ हिराईको हत्या गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दिपक रायले जानकारी दिए ।
- बन्चरो प्रहारबाट उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया