रोकिराखेको ट्याक्टरमा सुमो ठोकिदा एकको मृत्यु, दुई गम्भिर 

राजविराज राजविराज
|
आइतबार, माघ ४, २०७७
|
|
४७ पटक हेरिएको
Shares
रोकिराखेको ट्याक्टरमा सुमो ठोकिदा एकको मृत्यु, दुई गम्भिर 

सारांश

  •     रोकिराखेको स.
  • १त.
  • २५१२ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे.

दैनिक समाचारदाता
राजविराज, ४ माघ । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका खण्डमा रोकिराखेको ट्याक्टरमा सुमो ठोकिदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन् । 
    रोकिराखेको स.१त.२५१२ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे.१ज. २४५२ नम्बरको सुमो ठोकिदा सो दुर्घटना भएको हो ।
    दुर्घटनामा सुमो सवार झापाको शिवसतासी नगरपालिका ११ डुरामनी बस्ने २५ वर्षिय रमेश लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनलाई गम्भिर अवस्थामा उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । 
    यस्तै दुर्घटनामा गम्भिर घाइते भएका सुमो चालक पाँचथर जिल्ला फिदिम नगरपालिका ३ बस्ने ३४ वर्षिय टेक बहादुर दर्जि र झापा जिल्ला गौरादह नगरपालिका ४ निवासी ३६ वर्षिय जितबहादुर श्रेष्ठको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । 
    यता ट्याक्टर, चालक तथा सुमो गाडी नियन्त्रणमा लिई दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ