दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
सप्तरीमा एक महिला मसला पिस्न प्रयोग गरिने लोहोरोको प्रहारबाट गम्भिर घाईते भएकी छिन ।
सप्तरीको विष्णुपुर गाउपालिका ७ इटहरी टोलकी ३६ वर्षिया रुपनी देवी शर्मालाई मंगलवार राती ११ बजे छिमेकी रामेश्वर मण्डल र उनका छोरा शिवाले लोहोरो प्रहार गरेको पीडित परिवारले जनाएको छ ।
घरमा कोही नभएको बेला आफु माथी लोहोरो र लठ्ठीले आक्रमण भएको पीडित घाइते रुपनीले बताएकी छिन । रुपनीको टाउकोमा ६ वटा टाँका लगाइएको छ भने शरिरको अन्य भागमा समेत लोहोरो र लठ्ठीले हानेको घाउ छ ।
छिमेकी रामेश्वर र उनका छोरा शिवाले आक्रमण गर्नुका कारण एउटा गलत मनसाय र अर्काे यस अघिको एउटा मुद्धामा अदालतबाट सजाय ठहर हुनु रहेको उनको भनाई छ । उनीमाथी रामेश्वरले दोश्रो पटक यसरी ज्यानै मार्ने गरी आक्रमण गरेका हुन । यस अघि २०७८ साल साउन २१ गते पनि उनीमाथी रामेश्वरद्वारा घाँटीमा घरेलु हतियार प्रयोग गरी ज्यानै मार्ने प्रयास भएको थियो ।
आफ्नो खेतमा लगाएको अन्नबाली रुपनीले पालेको बाख्राले खाइदिएको निहँुमा आवेशमा आई रामेश्वरले घरेलु हतियारले आक्रमण गर्दा गम्भीर घाईते भएकी उनको २ महिना सम्म उपचार चलेको थियो । उक्त मुद्दामा हालै सप्तरी जिल्ला अदालतले रामेश्वरलाई कसुरदार ठहर गरी १ वर्ष कैद र ५० हजार रुपैया जरिवाना हुने ठहर गरिसकेको छ ।
उक्त फैसला कार्यान्वयनको तरखरमा रहेकै वेला रामेश्वरले मंगलबारराती दोश्रो पटक रुपनी माथी साँघातिक आक्रमण गरेका हुन । उर्मिलाले आप्mनो ज्यानै मार्ने योजनाका साथ रामेश्वर दोश्रो पटक यसरी मध्यरातका समयमा आक्रमण गर्न आएको सुनाईन । उनका श्रीमान् नन्दलाल रोजगारीका सिलसिलामा अहिले काठमाडौंमा छन ।
घरमा कोही नभएको मौका छोपी फेरी पनि आक्रमण गर्ने योजना रामेश्वरले बनाएको चालपाएपछि आफुलले फोन मार्फत १ घण्टा अगावै प्रहरीलाई सुरक्षाका लागी अनुरोध गरेपनी प्रहरी ढिलो आउँदा आफु सांघातिक आक्रमणमा पर्न बाध्य भएको उनको गुनासो छ ।
प्रदेश सांसद किरण कुमारी साहलाई जानकारी गराएको उनको कथन छ । प्रदेश सांसद साहले रामेश्वरबाट हुन सक्ने सम्भावित खतरालाई ध्यानमा राखी घट्ना हुनु १ घण्टा अगावै रुपनीले आफुलाई फोन गरेको र लगतै आफुले जिल्लाका उच्च प्रहरी अधिकारीहरुलाई खबर गरी सुरक्षा व्यवस्थाका लागी अनुरोध गरेको सुनाईन ।
लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
सारांश
- सप्तरीको विष्णुपुर गाउपालिका ७ इटहरी टोलकी ३६ वर्षिया रुपनी देवी शर्मालाई मंगलवार राती ११ बजे छिमेकी रामेश्वर मण्डल र उनका छोरा शिवाले लोहोरो प्रहार गरेको पीडित परिवारले जनाएको छ ।
- घरमा कोही नभएको बेला आफु माथी लोहोरो र लठ्ठीले आक्रमण भएको पीडित घाइते रुपनीले बताएकी छिन ।
- रुपनीको टाउकोमा ६ वटा टाँका लगाइएको छ भने शरिरको अन्य भागमा समेत लोहोरो र लठ्ठीले हानेको घाउ छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया