दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
सप्तरीमा एक महिला मसला पिस्न प्रयोग गरिने लोहोरोको प्रहारबाट गम्भिर घाईते भएकी छिन ।
सप्तरीको विष्णुपुर गाउपालिका ७ इटहरी टोलकी ३६ वर्षिया रुपनी देवी शर्मालाई मंगलवार राती ११ बजे छिमेकी रामेश्वर मण्डल र उनका छोरा शिवाले लोहोरो प्रहार गरेको पीडित परिवारले जनाएको छ ।
घरमा कोही नभएको बेला आफु माथी लोहोरो र लठ्ठीले आक्रमण भएको पीडित घाइते रुपनीले बताएकी छिन । रुपनीको टाउकोमा ६ वटा टाँका लगाइएको छ भने शरिरको अन्य भागमा समेत लोहोरो र लठ्ठीले हानेको घाउ छ ।
छिमेकी रामेश्वर र उनका छोरा शिवाले आक्रमण गर्नुका कारण एउटा गलत मनसाय र अर्काे यस अघिको एउटा मुद्धामा अदालतबाट सजाय ठहर हुनु रहेको उनको भनाई छ । उनीमाथी रामेश्वरले दोश्रो पटक यसरी ज्यानै मार्ने गरी आक्रमण गरेका हुन । यस अघि २०७८ साल साउन २१ गते पनि उनीमाथी रामेश्वरद्वारा घाँटीमा घरेलु हतियार प्रयोग गरी ज्यानै मार्ने प्रयास भएको थियो ।
आफ्नो खेतमा लगाएको अन्नबाली रुपनीले पालेको बाख्राले खाइदिएको निहँुमा आवेशमा आई रामेश्वरले घरेलु हतियारले आक्रमण गर्दा गम्भीर घाईते भएकी उनको २ महिना सम्म उपचार चलेको थियो । उक्त मुद्दामा हालै सप्तरी जिल्ला अदालतले रामेश्वरलाई कसुरदार ठहर गरी १ वर्ष कैद र ५० हजार रुपैया जरिवाना हुने ठहर गरिसकेको छ ।
उक्त फैसला कार्यान्वयनको तरखरमा रहेकै वेला रामेश्वरले मंगलबारराती दोश्रो पटक रुपनी माथी साँघातिक आक्रमण गरेका हुन । उर्मिलाले आप्mनो ज्यानै मार्ने योजनाका साथ रामेश्वर दोश्रो पटक यसरी मध्यरातका समयमा आक्रमण गर्न आएको सुनाईन । उनका श्रीमान् नन्दलाल रोजगारीका सिलसिलामा अहिले काठमाडौंमा छन ।
घरमा कोही नभएको मौका छोपी फेरी पनि आक्रमण गर्ने योजना रामेश्वरले बनाएको चालपाएपछि आफुलले फोन मार्फत १ घण्टा अगावै प्रहरीलाई सुरक्षाका लागी अनुरोध गरेपनी प्रहरी ढिलो आउँदा आफु सांघातिक आक्रमणमा पर्न बाध्य भएको उनको गुनासो छ ।
प्रदेश सांसद किरण कुमारी साहलाई जानकारी गराएको उनको कथन छ । प्रदेश सांसद साहले रामेश्वरबाट हुन सक्ने सम्भावित खतरालाई ध्यानमा राखी घट्ना हुनु १ घण्टा अगावै रुपनीले आफुलाई फोन गरेको र लगतै आफुले जिल्लाका उच्च प्रहरी अधिकारीहरुलाई खबर गरी सुरक्षा व्यवस्थाका लागी अनुरोध गरेको सुनाईन ।
लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
सारांश
- सप्तरीको विष्णुपुर गाउपालिका ७ इटहरी टोलकी ३६ वर्षिया रुपनी देवी शर्मालाई मंगलवार राती ११ बजे छिमेकी रामेश्वर मण्डल र उनका छोरा शिवाले लोहोरो प्रहार गरेको पीडित परिवारले जनाएको छ ।
- घरमा कोही नभएको बेला आफु माथी लोहोरो र लठ्ठीले आक्रमण भएको पीडित घाइते रुपनीले बताएकी छिन ।
- रुपनीको टाउकोमा ६ वटा टाँका लगाइएको छ भने शरिरको अन्य भागमा समेत लोहोरो र लठ्ठीले हानेको घाउ छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया