दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
सप्तरी जिल्लाको रुपनी गाउपालिका वडा नं. ५ स्थित चुरे क्षेत्र अन्तरगत रहेको दुधैला खोलामा सोमबार राजविराजस्थित नेपाली सेनाको भीमदल गणको अभ्यास ईलाकाले विभिन्न जातका बोटबिरुवा रोपेको छ ।
जिल्ला वन कार्यालय सप्तरीसँगको सहकार्यमा चुरे क्षेत्रको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले उक्त बृक्षारोपन गरिएको भिम दल गणले जनाएको छ ।
उक्त क्षेत्रमा तेजपत्ताको ९ सय बोट, मगहनीको १ हजार २ सय बोट, मसलाको १ हजा बोट र खयरको ९ सय विरुवा गरि जम्मा चार हजार बोट बिरुवाहरु बृक्षारोपण गरिएको हो ।
सेनाको नं. २७ वाहिनीपति सहायक रथी हेमराज केसीको प्रमुख अतिथीमा तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको विशिष्ट आतिथ्यमा आयोजित बृक्षारोपन कार्यक्रममा गरिएको थियो ।
कार्यक्रममा भिम दल गणका गणपति प्रमुख सेनानी निरज भण्डारी, सशस्त्र प्रहरी नं. ६ गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ लगायत जिलला वन कार्यालयका प्रमुख, रुपनी गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष, त्रिशक्ति र शनिदेव वन उपभोक्त समितीका अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो ।
सेनाद्वारा चुरे क्षेत्रमा चार हजार बोट बिरुवा रोपिए
सारांश
- जिल्ला वन कार्यालय सप्तरीसँगको सहकार्यमा चुरे क्षेत्रको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले उक्त बृक्षारोपन गरिएको भिम दल गणले जनाएको छ ।
- उक्त क्षेत्रमा तेजपत्ताको ९ सय बोट, मगहनीको १ हजार २ सय बोट, मसलाको १ हजा बोट र खयरको ९ सय विरुवा गरि जम्मा चार हजार बोट बिरुवाहरु बृक्षारोपण गरिएको हो ।
- सेनाको नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया