दैनिक समाचारदाता
जनकपुर, १४ पुस ।
मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उनलाई शपथ गराएका हुन् ।
नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित न्यौपाने एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्य हुन । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।
ज्येष्ठ सदस्य न्यौपानेले शुक्रबार बाँकी प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ ।
ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ
सारांश
- नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित न्यौपाने एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्य हुन ।
- नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।
- ज्येष्ठ सदस्य न्यौपानेले शुक्रबार बाँकी प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया