तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै

राजविराज राजविराज
|
शुक्रबार, माघ १२, २०८०
|
|
१९ पटक हेरिएको
Shares
तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै

सारांश

  •     अध्यक्षमा दुई जनासहित कुल जम्मा ४० जना उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत रामअशिश प्रसाद साहले जानकारी दिएका छन् ।
  • अध्यक्ष पदमा सतिश चन्द्र मिश्र र संतोष कुमार दासको समूहको उम्मेदवारी परेको छ ।
  • यसैबीच तेश्रो समूहका अध्यक्ष पदका उम्मेदवार भोगेन्द्र मिश्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने उनी बाहेक अन्य पदको उम्मेदवारी यथावतै रहेको छ ।

दैनिक समाचारदाता
राजविराज १२ माघ । 

    निर्माण व्यवसायी संघ सप्तरीको नयाँ कार्य समितिका लागि आज शनिबार निर्वाचन हुँदैछ । आज हुने निर्वाचनमा तीन समूहबीच प्रतिष्पर्धा हुनेछ । 
    अध्यक्षमा दुई जनासहित कुल जम्मा ४० जना उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत रामअशिश प्रसाद साहले जानकारी दिएका छन् । अध्यक्ष पदमा सतिश चन्द्र मिश्र र संतोष कुमार दासको समूहको उम्मेदवारी परेको छ । यसैबीच तेश्रो समूहका अध्यक्ष पदका उम्मेदवार भोगेन्द्र मिश्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने उनी बाहेक अन्य पदको उम्मेदवारी यथावतै रहेको छ ।  
    उम्मेदवारी दिनेमा प्रथम उपाध्यक्षको पदमा भुपेन्द्र यादव, गोपि कृष्ण यादव र दिपक कुमार चौधरी छन् भने द्वितीय उपाध्यक्षमा राजीव कुमार साह र कैलाश प्रसाद देवले उम्मेदवारी दर्ता गराएका छन् । 
    त्यसैगरी महासचिवको पदमा दुई जना मात्र उम्मेदवारी दर्ता गराएका छन् । अहिले महासचिव रहेका अमृत लाल साहले उम्मेदवारी दिएका छन् भने उनको प्रतिस्पर्धामा घनश्याम साह रहेका छन् । सचिव पदमा न्युटन यादव, शिव नारायण यादव र प्रमोद कुमार मण्डलले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्ष पदमा पनि तीन जना मदन प्रसाद यादव, रमानन्द यादव र दिवाकर कुमार सिंहले उम्मेदवारी दिएका छन् । सिंह अहिले पनि कोषाध्यक्ष रहेका छन् ।
    सह–कोषाध्यक्षका पदमा सुरेन्द्र कुमार मण्डल, उमेश प्रसाद यादव र दिपेन्द्र कुमार दासले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
    ‘ख’,‘ग’ र ‘घ’ गरी तीन स्तरका सदस्य निर्वाचित हुने प्रक्रिया रहेकोमा दुई पद रहेको ख वर्गका लागि जगदिश प्रसाद अर्याल र उदय श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
    त्यस्तै दुर्ई पद रहेको ग वर्गको लागि अनवर दफाली, कुशेश्वर साह, प्रभावकर यादव र विश्वनाथ कुमार दासले उम्मेदवारी दिएका छन् ।
    त्यसैगरी नौ पद रहेको घ वर्गमा  १६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा निरज कुमार चौधरी, मो. मासुम अलि, संतोष कुमार सिंन्हा, उमाकान्त साह, रंजित चौधरी, विजय कुमार रजक, निलेश कुमार झा, कृष्ण चन्द्र यादव(पिन्टु), पुरुषोतम प्रसाद चौधरी, भुव नारायण यादव, सत्यनारायण चौधरी, विष्णु प्रसाद देव, रामचन्द्र यादव, मुकेश कुमार यादव, अमरेन्द्र यादव र पवन कुमार मगरदैता रहेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 
पत्रकार महासंघको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
पत्रकार महासंघको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
संचारमन्त्री साहद्वारा आमसंचार प्राधिकरण र मिडिया काउन्सील कार्यालय निरिक्षण 
संचारमन्त्री साहद्वारा आमसंचार प्राधिकरण र मिडिया काउन्सील कार्यालय निरिक्षण 
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
मधेश प्रदेश सरकारको नेतृत्वमा जनमतको दाबी
मधेश प्रदेश सरकारको नेतृत्वमा जनमतको दाबी
धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ
धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ
मन्त्री सोनलद्वारा नदी कटान क्षेत्र निरिक्षण
मन्त्री सोनलद्वारा नदी कटान क्षेत्र निरिक्षण
राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी
राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी