अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध

राजविराज राजविराज
|
शुक्रबार, जेठ १, २०८३
|
|
६६ पटक हेरिएको
Shares
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध

सारांश

  •     सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा शुक्रबार जारि सूचनामा विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रम गर्ने÷मनाउने क्रममा सार्वजनिक बाटोमा अत्यधिक ठूलो स्वरमा बाजा÷डिजे बजाउँदा ध्वनि प्रदूषण हुने भनिएको छ ।
  •       सोही कारण मानवीय स्वास्थ्य, अध्ययनको वातावरण समेतमा असर पर्ने गरेकोले विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रम गर्ने÷मनाउने क्रममा अरुलाई असर नपर्ने गरि सो कार्य गर्न अनुरोध गरिएको जारि सूचनामा उल्लेख छ ।
  •       “उक्त सन्दर्भमा व्यापक जनगुनासो आएको भनि गृह मन्त्रालय, गुनासो व्यवस्थापन शाखाको च.

दैनिक समाचारदाता
राजविराज, १ जेठ । 

    जिल्ला प्रशासन कार्यालय सप्तरीले अरु व्यक्तिहरुलाई असर नपर्ने गरी बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्नुहुन सबैलाई अनुरोध गरेको छ । 
    सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा शुक्रबार जारि सूचनामा विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रम गर्ने÷मनाउने क्रममा सार्वजनिक बाटोमा अत्यधिक ठूलो स्वरमा बाजा÷डिजे बजाउँदा ध्वनि प्रदूषण हुने भनिएको छ । 
    सोही कारण मानवीय स्वास्थ्य, अध्ययनको वातावरण समेतमा असर पर्ने गरेकोले विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रम गर्ने÷मनाउने क्रममा अरुलाई असर नपर्ने गरि सो कार्य गर्न अनुरोध गरिएको जारि सूचनामा उल्लेख छ । 
    “उक्त सन्दर्भमा व्यापक जनगुनासो आएको भनि गृह मन्त्रालय, गुनासो व्यवस्थापन शाखाको च.नं.२०९४ मिति २०८३।०१।२८ गतेको पत्रबाट लेखि आएकोले शान्ति सुव्यवस्था कायम हुने गरी उक्त कार्यहरु गर्दा शान्तिपूर्ण वातावरणमा आ–आफ्नो घर तथा विवाह हुने स्थानमा अरु व्यक्तिहरुलाई असर नपर्ने गरी बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि सूचना प्रकाशित गरिएको” उल्लेख छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?