परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए

राजविराज राजविराज
|
बुधबार, भाद्र १८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए

सारांश

  •     राजविराज नगरपालिका वडा नं.
  • ६ निवासी शनिचरी देवीका २२ बर्षिया छोरा अरुण मुखियाँको पोखरीमा हामफालेर ज्यान गएको हो ।
  •       अत्याधिक मदिरा सेवन गरी लठ् भएर मंगलबार मध्यरात घर आएका अरुणलाई उनकी आमा शनिचरी तथा श्रीमती पुनमले सम्झाउँदा आवेशमा आएर घर अगाडी नै रहेको तुरन्ती पोखरीमा हाम फालेका उनको डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
    मदिरा सेवन गरी लठ् भई घर आएका एक युवकलाई परिवारका सदस्यहरुले सम्झाउँदा आवेशमा आई पोखरीमा हाम फालेपछि उनको अकालमै ज्यान गएको छ । 
    राजविराज नगरपालिका वडा नं. ६ निवासी शनिचरी देवीका २२ बर्षिया छोरा अरुण मुखियाँको पोखरीमा हामफालेर ज्यान गएको हो । 
    अत्याधिक मदिरा सेवन गरी लठ् भएर मंगलबार मध्यरात घर आएका अरुणलाई उनकी आमा शनिचरी तथा श्रीमती पुनमले सम्झाउँदा आवेशमा आएर घर अगाडी नै रहेको तुरन्ती पोखरीमा हाम फालेका उनको डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ । 

    मदिरा सेवन गरी राती १ बजे तिर आएका छोरा अरुणलाई सम्झाउन खोज्दा अचानक घर अगाडीकै पोखरीमा हाम फालेको र सो बारे तत्कालै प्रहरीलाई जानकारी गराएको आमा शनिचरी देवीले बताइन् । 
    घटना बारे थाहा पाएपछि प्रहरी हवल्दार रामशंकर यादवको नेतृत्वमा पुगेको प्रहरी टोली पोखरीमा खोज तलास गर्दा उनको मृत शरीर फेला पारेको थियो । हवल्दार यादवले भने, “पोखरीमा एक युवक हाम फालेको खबर आएपछि हामी उद्घारका लागी तत्कालै पुग्यौ, तर दुर्भाग्य युवकलाई जिवितै उद्घार गर्न सकिएन ।” 
    घर परिवारको जिविका चलाउँदै आएका छोरा अरुण यसरी गुमाउँदा शनिचरी देवीसहित पुरै परिवार शोकमा डुबेको छ । यसअघि पती जुलुमाको चार महिना अघि मात्र विरामीका कारण मृत्यु भएको थियो । मुखियाँकी ४ महिनाकी गर्भवती पत्नी पुनम र आमा शनिचरीलाई समहाल्न आफन्त र छिमेकीलाई हम्य हम्य परेको छ । 
    मृतकको शवको बुधबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ
सप्तरीका विवेकको कप्तानीमा प्रदेश २ क्रिकेट टोलीको घोषणा
सप्तरीका विवेकको कप्तानीमा प्रदेश २ क्रिकेट टोलीको घोषणा
माइक्रो काउन्टरमा तोडफोड
माइक्रो काउन्टरमा तोडफोड
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र
करणी मुद्दामा धरौटी तिर्न नसक्दा कारागार चलान
करणी मुद्दामा धरौटी तिर्न नसक्दा कारागार चलान