खडकमा बालबिवाह बिरुद्धको बृहत अभियान शुभारम्भ

राजविराज राजविराज
|
आइतबार, भाद्र ३१, २०८०
|
|
४४ पटक हेरिएको
Shares
खडकमा बालबिवाह बिरुद्धको बृहत अभियान शुभारम्भ

सारांश

  •     ११ हजार मानिसको सहभागितामा आइतबार बिहान ११ बजे एक समारोहबीच अभियानको शुभारम्भ भएको घोषणा गरिएको हो ।
  •       “बालबिबाह जिन्दगी तवाह” नाराका साथ सुरु भएको बृहत अभियान उद्घाटनमा ब्यानर अनावरण गरि शुभारभ्म गर्दै प्रदेशसभा सदस्य माला कुमारी कर्णले सबै नागरिकले समाजमा व्याप्त कुसंस्कार र कुरुती बिरुद्ध आवाज उठाउने र परिवर्तनतर्फ लाग्नु पर्ने आवश्यकता औल्याइन् ।
  •       उनले बालबिवाह बिरुद्धको अभियान सफल बनाउन सबै राजनीतिक दल र सरोकारवाला निकायले सहयोग गर्नु पर्नेमा जोड दिइन् ।

दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।    

    सप्तरीको खडक नगरपालिकामा आइतबार बालबिवाह बिरुद्ध बृहत अभियान प्रारम्भ भएको छ । 
    ११ हजार मानिसको सहभागितामा आइतबार बिहान ११ बजे एक समारोहबीच अभियानको शुभारम्भ भएको घोषणा गरिएको हो । 
    “बालबिबाह जिन्दगी तवाह” नाराका साथ सुरु भएको बृहत अभियान उद्घाटनमा ब्यानर अनावरण गरि शुभारभ्म गर्दै प्रदेशसभा सदस्य माला कुमारी कर्णले सबै नागरिकले समाजमा व्याप्त कुसंस्कार र कुरुती बिरुद्ध आवाज उठाउने र परिवर्तनतर्फ लाग्नु पर्ने आवश्यकता औल्याइन् । 
    उनले बालबिवाह बिरुद्धको अभियान सफल बनाउन सबै राजनीतिक दल र सरोकारवाला निकायले सहयोग गर्नु पर्नेमा जोड दिइन् । बालबालिका सम्बन्धी ऐन प्रदेश सभामा प्रस्तुत भएको र यसलाई समय सापेक्ष तथा बालमैत्री बनाउन आफूले सक्दो पहल गर्ने उनले प्रतिबद्धता समेत जनाइन् । 
    कार्यक्रममा नगरपालिकाका मेयर जयप्रकाश चौधरीले आगामी मंसिर ६ गतेभित्र सबै वडालाई बालविबाह मुक्त वडा घोषणा गरि नगरपालिकालाई पूर्ण बालबिवाह मुक्त क्षेत्र घोषणा गर्ने उद्घोष समेत गरे । 
    कुल ११ वडा रहेको नगरपालिकामा हालसम्म ७ र ८ गरी २ वटा वडा बालबिबाह मुक्त घोषणा भइसकेको बताउँदै उनले बाँकी ९ वटा वडामा यो अभियान विभिन्न सचेतना कार्यक्रमका साथ अघि बढ्ने जानकारी दिए । 
    खडक नगरपालिकाको आयोजना तथा सबल नेपाल र सेभ द चिल्ड्र्ेनको सहयोग र साझेदारीमा चलाइएको बालबिबाह बिरुद्धको बृहत अभियान अन्तरगत ¥याली, म्याकिङ, प्रतिबद्धताका लागि हस्ताक्षर संकलन, चित्रकला, बक्तृत्वकला, हाजिरी जवाफ, किशोरीहरुबीच क्रिक्रेट प्रतियोगिता, बृक्षारोपन, घर र सवारी साधनमा सचेतनामूलक स्टिकर टाँस लगायतका गरी ११ वटा कार्यक्रम तय गरिएको छ । 
    सो अवसरमा नगर क्षेत्र भित्रका ४१ वटा सामुदायिक विद्यालयका छात्रछात्रा, ५० वटा बाल क्लब, वडा कार्यालय, स्वास्थ्य चौकी, अधिकारकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । 
    अभियान उद्घाटन समारोहमा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरी, पत्रकार महासंघका सभापति श्रवणकुमार देव, सबल नेपालकी अध्यक्ष जुना गिरी, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिपकराज बुढाथोकी, इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक सुबेश अधिकारी, जिल्ला बाल कल्याण संजालकी अध्यक्ष सलमा खातुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार दास लगायतले शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ
अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड
लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड
मामा घर आएकी बालिकाले मुसा मार्ने विषादी सेवन गरेर गरिन् आत्महत्या
मामा घर आएकी बालिकाले मुसा मार्ने विषादी सेवन गरेर गरिन् आत्महत्या
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
मोटरसाईकल चोरी भएको आठ  दिनपछि चोरसहित पक्राउ
मोटरसाईकल चोरी भएको आठ  दिनपछि चोरसहित पक्राउ
सहादत दिने  सहिदहरुको सपना ?