दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
सप्तरीमा शुक्रबार एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण फेला परेको छ । अघिल्लो दिन १७ जना डिस्चार्ज भएको भोली पल्टै शुक्रबार सप्तरीमा उत्तिकै संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका १५, बोदेबसाईन नगरपालिका र महदेवा गाउँपालिकाका १÷१ गरि शुक्रबार १७ जना संक्रमित थपिएका हुन् । जसमध्ये एक स्वाथ्यकर्मी हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाईन ब्यवस्थापनमा खटिएका थिए ।
यता जिल्लामा शुक्रबारसम्ममा संक्रमितको संख्या १ सय ३८ पुगेको छ । जसमध्ये २१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् । बाँकी रहेका १ सय १७ मध्ये १ सय ३ जनाको राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन वाडमा राखि उपचार भइरहेको छ ।
यसैबीच बेडको अभावमा १४ जना संक्रमित भने अझै सम्बन्धीत स्थानिय तहको क्वारेन्टाईनमै छुट्टै कोठामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सप्तरीको १८ मध्ये १४ वटा स्थानिय तहमा कोरोना संक्रमित देखिसकिएको छ ।
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
सारांश
- जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका १५, बोदेबसाईन नगरपालिका र महदेवा गाउँपालिकाका १÷१ गरि शुक्रबार १७ जना संक्रमित थपिएका हुन् ।
- जसमध्ये एक स्वाथ्यकर्मी हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाईन ब्यवस्थापनमा खटिएका थिए ।
- यता जिल्लामा शुक्रबारसम्ममा संक्रमितको संख्या १ सय ३८ पुगेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया