एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै

राजविराज राजविराज
|
शुक्रबार, जेठ ३०, २०७७
|
|
६९ पटक हेरिएको
Shares
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै

सारांश

  • जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका १५, बोदेबसाईन नगरपालिका र महदेवा गाउँपालिकाका १÷१ गरि शुक्रबार १७ जना संक्रमित थपिएका हुन् ।
  • जसमध्ये एक स्वाथ्यकर्मी हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाईन ब्यवस्थापनमा खटिएका थिए ।
  •   यता जिल्लामा शुक्रबारसम्ममा संक्रमितको संख्या १ सय ३८ पुगेको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
    सप्तरीमा शुक्रबार एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण फेला परेको छ । अघिल्लो दिन १७ जना डिस्चार्ज भएको भोली पल्टै शुक्रबार सप्तरीमा उत्तिकै संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका १५, बोदेबसाईन नगरपालिका र महदेवा गाउँपालिकाका १÷१ गरि शुक्रबार १७ जना संक्रमित थपिएका हुन् । जसमध्ये एक स्वाथ्यकर्मी हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाईन ब्यवस्थापनमा खटिएका थिए । 
यता जिल्लामा शुक्रबारसम्ममा संक्रमितको संख्या १ सय ३८ पुगेको छ । जसमध्ये २१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् । बाँकी रहेका १ सय १७ मध्ये १ सय ३ जनाको राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन वाडमा राखि उपचार भइरहेको छ । 
यसैबीच बेडको अभावमा १४ जना संक्रमित भने अझै सम्बन्धीत स्थानिय तहको क्वारेन्टाईनमै छुट्टै कोठामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सप्तरीको १८ मध्ये १४ वटा स्थानिय तहमा कोरोना संक्रमित देखिसकिएको छ ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए
सफटेकका निर्देशक यादव दम्पति कोरोनाबाट निको भए
राजविराज नगरपालिकाको न्यायिक  समितिबाट एक सय १७ वटा मुद्दा फछ्र्यौट 
राजविराज नगरपालिकाको न्यायिक  समितिबाट एक सय १७ वटा मुद्दा फछ्र्यौट 
शम्भुनाथका इन्जिनियर  साह घुस लिदालिदै पक्राउ
शम्भुनाथका इन्जिनियर  साह घुस लिदालिदै पक्राउ
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
बिपन्न परिवारका लागी तरकारीखेती लाफदायक बन्दै
बिपन्न परिवारका लागी तरकारीखेती लाफदायक बन्दै
चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण 
चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण 
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
कार्यकर्ता रिहाईको माग गर्दै राजविराजमा काँग्रेसको प्रदर्शन
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी