दुई सातापछि भारतबाट बालक रामको उद्धार

राजविराज राजविराज
|
आइतबार, चैत्र १७, २०७५
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  •     सप्तरीको राजगढ गाउँपालिका ६ फकिरा टोल निवासी १२ वर्षिय बालक राजकुमार रामको भारत बिहार राज्यको दरभंगाबाट उद्दार गरि आइतबार स्थानिय प्रशासनले परिवारको जिम्मा लगाएको हो ।
  •       फकिराबाट दिदीलाई भेट्न चैत १ गते सीमावर्ती भारतीय बजार लौकहीतर्फ जाने क्रममा भुलवस बालक राम दरभंगा जाने बसमा चढेका थिए ।
  • गाडीमै निदाएका उनलाई चालकले दरभंगा पुगेपछि रेल्वे स्टेशन चौक नजिक ओरालेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 
    चैत १ गतेदेखी हराइरहेका सप्तरीका एक बालकको भारतबाट उद्दार गरि परिवारजनको जिम्मा लगाइएको छ । 
    सप्तरीको राजगढ गाउँपालिका ६ फकिरा टोल निवासी १२ वर्षिय बालक राजकुमार रामको भारत बिहार राज्यको दरभंगाबाट उद्दार गरि आइतबार स्थानिय प्रशासनले परिवारको जिम्मा लगाएको हो । 
    फकिराबाट दिदीलाई भेट्न चैत १ गते सीमावर्ती भारतीय बजार लौकहीतर्फ जाने क्रममा भुलवस बालक राम दरभंगा जाने बसमा चढेका थिए । गाडीमै निदाएका उनलाई चालकले दरभंगा पुगेपछि रेल्वे स्टेशन चौक नजिक ओरालेका थिए । 
    नयाँ ठाउँमा ओर्लेर अलपत्र परेका उनलाई भारतीय रेल्वे प्रहरीले सोही दिन राती ११ बजे तिर दरभंगास्थित बाल कल्याण विभागको जिम्मा लगाएको थियो । विभागले बालक रामसँग आवश्यक विवरण बुझ्दै त्यसबारे जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरेको थियो ।
    भारतको दरभंगाबाट विभाग मार्फत खबर हुना साथ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आवश्यक कागजातसहित बाल कल्याण समिति सप्तरीका सदस्य सचिव बैजनाथ झालाई त्यसतर्फ पठाएका थिए ।
    बालक रामलाई लिएर झा फर्केपछि आइतबार जिल्ला प्रशासन कार्यालयमा आफन्तलाई जिम्मा लगाइएको छ । हराएको १६ औं दिनपछि भएको परिवारिक मेलले बालकसँगै आमा बुबा निकै हर्षित देखिन्थे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मैथिली साहित्य परिषदमा अजय र अवधेशको उम्मेदवारी
मैथिली साहित्य परिषदमा अजय र अवधेशको उम्मेदवारी
जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी
जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
दिपक मृत्यु प्रकरण, अनुसन्धानका लागि केटी साथी प्रहरी नियन्त्रणमा
दिपक मृत्यु प्रकरण, अनुसन्धानका लागि केटी साथी प्रहरी नियन्त्रणमा
हुलाकी सडक निर्माणलाई पूर्णता दिन अतिक्रमित संरचना हटाइदै
हुलाकी सडक निर्माणलाई पूर्णता दिन अतिक्रमित संरचना हटाइदै
महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान 
महिलालाई सचेतनामुलक कक्षा संचालन  तथा कृषि उपज सामग्री प्रदान 
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
गण्डकीलाई हराउदै प्रदेश २ को पहिलो जित 
गण्डकीलाई हराउदै प्रदेश २ को पहिलो जित 
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
डाक्नेश्वरीमा आँखा र कानको  निःशुल्क शिविर सम्पन्न
डाक्नेश्वरीमा आँखा र कानको  निःशुल्क शिविर सम्पन्न