बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै 

राजविराज राजविराज
|
शनिबार, मंसिर १६, २०८०
|
|
७५ पटक हेरिएको
Shares
बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै 

सारांश

  •     काममा लगाएर बिद्यालयबाट वञ्चित गर्नु, शारीरिक, मान्सिक, सामाजिक रूपमा बालबालिका पीडित र प्रताडित भएर बालश्रमको सिकार भएको कयौ उदाहरण भएपनि अहिले पनि परिवार र समाज यस विषयमा गम्भीर नभएको उनीहरूको तर्क थियोे ।
  •     कार्यक्रममा बालश्रमको विषयमा कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरिक्षक हृदय यादव सामुदायिक सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र दास, परिकल्पना नेपाल सप्तरीका अध्यक्ष सुधा देव, आसमान नेपालका शान्ता सिंह लगायतले  बालश्रम भनेको के हो ?
  • नेपालमा बालश्रमको, बालश्रमबाट पर्दै आएको असर, बालश्रमलाई न्यूनीकरणका लागि गर्नुपर्ने पहल लगायत बिषयमा बृहत् रूपमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

    राजविराज÷लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत आठौं दिन शनिवार परिकल्पना नेपाल सप्तरीले बालिकाहरूसँग बालश्रमको विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
    राजविराज नगरपालिका वडा नं १ मा संचालित कार्यक्रमका सहभागी बालिकाहरूले बालक भन्दा बढी बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै आएको बताए ।
    उनीहरूले केहि बालकहरू घर बाहिर बालश्रम गरेको देखिएपनि खासगरि ग्रामीण भेगका बालिकाहरू घरभित्र देखि बाहिरको काममा जोतिएर बालश्रमको सिकार हुनुपर्ने बाध्यता रहेको धारणा राखे ।
    काममा लगाएर बिद्यालयबाट वञ्चित गर्नु, शारीरिक, मान्सिक, सामाजिक रूपमा बालबालिका पीडित र प्रताडित भएर बालश्रमको सिकार भएको कयौ उदाहरण भएपनि अहिले पनि परिवार र समाज यस विषयमा गम्भीर नभएको उनीहरूको तर्क थियोे ।
    कार्यक्रममा बालश्रमको विषयमा कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरिक्षक हृदय यादव सामुदायिक सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र दास, परिकल्पना नेपाल सप्तरीका अध्यक्ष सुधा देव, आसमान नेपालका शान्ता सिंह लगायतले  बालश्रम भनेको के हो ? नेपालमा बालश्रमको, बालश्रमबाट पर्दै आएको असर, बालश्रमलाई न्यूनीकरणका लागि गर्नुपर्ने पहल लगायत बिषयमा बृहत् रूपमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
    कार्यक्रममा सामुदायिक सेवा केन्द्रका रमानन्द देव, नेत्र दास, परिकल्पना नेपालका उपाध्यक्ष सुनिता कुमारी परियार, सहसचिव पिंकी मण्डल, कोषाध्यक्ष डोली कुमारी सिंह, सदस्य सवाना प्रविण, लक्ष्मी चौधरी तथा संस्था आबद्ध व्यक्तिहरूको सहभागीता रहेको थियो ।
    कार्यक्रममा ५० जना बालिकाहरूको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष सुधा देवको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सहसचिव पिंकी मण्डलले गरेकी थिईन् ।
    “लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र  बालबालिकामा लगानीको एक्यवद्धता” नाराका साथ यस वर्ष सप्तरीसहित विश्वभर सरकारी तथा गैरसरकारी संस्थाहरूले यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि मनाउदै आएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?