दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
कोरोना संक्रमणको त्रासका बीच राजविराजमा शनिबार भौतिक दुरी कायम तथा मास्कको अनिवार्य प्रयोग गरि हिन्दु स्वयमसेवक संघ नेपाल सप्तरीले स्वमसेवक सम्मेलन सम्पन्न गरेको छ ।
स्थानिय राजरंगशालामा २ सय जनाको सहभागितामा एक दिने स्वयमसेवक सम्मेलन तथा पथ संचलन कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा जनजाती कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङले देशमा अहिले बाहिरी मुलुकको हस्तक्षेप बढेको र एनजिओ, आइएनजिओमार्फत हिन्दु धर्म संस्कृतीमाथी प्रहार भइरहेको आरोप लगाएका छन् । उनले हिन्दु धर्म संस्कार र संस्कृतीको रक्षाका लागि युवाहरुलाई सचेत र एक ढिक्का हुन आह्वान समेत गरे ।
आयोजक समितिका संघ चालक भोगेन्द्र झाले नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरि स्थानिय प्रशासनले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै कार्यक्रमको आयोजना गरिएको दाबी गरे ।
कार्यक्रममा सहभागिलाई सेनिटाइज प्रयोगका साथै भौतिक दुरी तथा मास्कको प्रयोग अनिवार्य गरिएको थियो ।
कार्यक्रममा हिन्दु स्वमसेवक संघ नेपालका राष्ट्रिय कार्यवाह मुरली निरौला, विश्व हिन्दु परिषद् सत्सग विभागका सहसंयोजक जंगबहादुर सिंह, यूवाप्रभारी अमितकुमार साहलगायतले हिन्दु धर्म र संस्ृकतिको जगेर्नाका लागि सक्रिय भई काम गर्नेमा जोड दिए ।
कार्यक्रम सम्पन्न भएपछि पथसंचलन कार्यक्रम अन्तरगत नगर क्षेत्रमा मार्चपास नगर्न स्थानिय प्रशासनले आयोजकलाई आग्रह गरेको थियो । तर सोको वेवास्ता गर्दै नगर क्षेत्रमा मार्चपास गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरि ११ जनालाई नियन्त्रणमा लिएको तथा केही बेरपछि नै रिहा गरेको विश्व हिन्दु परिषद् सत्सग विभागका सहसंयोजक जंगबहादुर सिंहले जानकारी दिए ।
कोरोना त्रासका बीच स्वमसेवक सम्मेलन
सारांश
- स्थानिय राजरंगशालामा २ सय जनाको सहभागितामा एक दिने स्वयमसेवक सम्मेलन तथा पथ संचलन कार्यक्रम सम्पन्न गरेको हो ।
- कार्यक्रममा जनजाती कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङले देशमा अहिले बाहिरी मुलुकको हस्तक्षेप बढेको र एनजिओ, आइएनजिओमार्फत हिन्दु धर्म संस्कृतीमाथी प्रहार भइरहेको आरोप लगाएका छन् ।
- उनले हिन्दु धर्म संस्कार र संस्कृतीको रक्षाका लागि युवाहरुलाई सचेत र एक ढिक्का हुन आह्वान समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया