अमाहाका कृषक समूहले वर्षेणी लाखौ आम्दानी गर्दै 

राजविराज राजविराज
|
बुधबार, पौष ११, २०८०
|
|
४१ पटक हेरिएको
Shares
अमाहाका कृषक समूहले वर्षेणी लाखौ आम्दानी गर्दै 

सारांश

  •     समूह सदस्य सुनिता चौधरीका अनुसार बस्तीका रहेका २ सय जना परिवारको दिनचर्या तरकारी खेतीबाटै हुने गरेको छ ।
  • समुहका सदस्यहरूले गरेको बचतबाट घरपरिवार र बालबालिकाहरूको पठनपाठनमा खर्च हुने गरेको समुहका अर्की सदस्य मानकी राम बताउछिन ।
  •     सबल नेपालद्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत उक्त समुहलाई संस्थाले संयुक्त रूपमा समुहलाई लिजमा खेत उपलब्ध गराईदिएपछि उनीहरूको जीवनमा परिवर्तन हुँदै गएको हो ।

दैनिक समाचारदाता
राजबिराज, ११ पुस ।  

    सप्तरीको खडक नगरपालिका ५ अमाहाका कृषक समुहले तरकारी खेतीवाट बार्षिक लाखौ आम्दानी गर्दै आएका छन् । अमाहा टोलका रामजानकी कृषक समुहका १८ सदस्यहरूले तरकारी खेतीले बार्षिक ५० हजार देखि २ लाखसम्म आम्दानी गर्ने गरेका छन् । 
    समूह सदस्य सुनिता चौधरीका अनुसार बस्तीका रहेका २ सय जना परिवारको दिनचर्या तरकारी खेतीबाटै हुने गरेको छ । समुहका सदस्यहरूले गरेको बचतबाट घरपरिवार र बालबालिकाहरूको पठनपाठनमा खर्च हुने गरेको समुहका अर्की सदस्य मानकी राम बताउछिन ।
    सबल नेपालद्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत उक्त समुहलाई संस्थाले संयुक्त रूपमा समुहलाई लिजमा खेत उपलब्ध गराईदिएपछि उनीहरूको जीवनमा परिवर्तन हुँदै गएको हो ।
    उक्त समुहको सामुहिक खेती अन्तर्गत काउली, भाण्टा, खुर्सानी, टमाटर जस्ता तरकारी खेतीवाट बार्षिक २ लाख ५० हजार बराबरको आम्दानी गरेको समुहका सदस्य रामकुमारी सदाले बताईन । सामुहिक खेती गर्न सिचाई र घेरबेर नहुदाँ खेती गर्न जोखिम रहेकोले सिचाई र घेरबेरको ब्यबस्था गरिदिन समुहका सदस्य रोशन खातुनले सम्बन्धित निकायसँग आग्रह गरेकी छिन ।
    बुधवार खडक नगरपालिका परियोजना सल्लाहाकार समितिद्वारा गरिएको संयुक्त अनुगमन टोलीका संयोजक मेयर जयप्रकाश चौधरीले कृषक समुहको समस्या सिचाईको ब्यबस्थापन र घेरबेर चाडै गरिदिने र एकै ठाउमा खेती योग्य जग्गा उपलब्ध गराईदिने प्रतिबद्धता गरे ।
    सो अनुगमन टोलीले खडक नगरपालिका ५ स्थित राप्राबि खरचुहियामा खानेपानी धाराको जडान र रङ्गरोगनको गरिएको अवस्था बारेमा तथा बालविकास केन्द्र व्यवस्थापन, सिकाइ उपलब्धि मूलक रहेको शिक्षा शाखा प्रमुख बिरेन्द्र यादबले बताए । 
    त्यस्तै यसैगरी नगर प्रमुख चौधरी सहितका टोलीले खडक नगरपालिका ९ स्थित बजराहीगुढीमा संचालनमा रहेको बर्थिङ सेन्टरको निरिक्षण गरेको छ भने सो संचालन गर्न सबल नेपालले सहयोग गरेको सामग्रीहरूको समेत जानकारी लिएको थियो ।
    खडक नगर प्रमुख चौधरीले बर्थिंङ सेन्टर संचालन र नियमित बनाई समुदायमा बिश्वासको वातावरण बनाउन स्वास्थ चौकी बजराहीगुठीलाई निर्देशन दिए ।
    यसैगरी नगरपालिकाको ६ स्थित मदरसा रहमानियाँको निरिक्षण गर्ने क्रममा बिधार्थी अनुपातमा शिक्षकको अभाव रहेकोले बिधालयमा शिक्षकको ब्यबस्था गर्दिन नगर प्रमुखसँग माँग गरे ।
    टोलीमा खडक नगरपालिका वडा ६ का मोहम्मद कमालउद्विन, वडा ८ का बिन्दुलाल चौधरी, वडा २ का हरेराम मण्डल, स्वास्थ शाखा प्रमुख दिनेश झा, शिक्षा शाखा प्रमुख बिरेन्द्र यादब, प्रशासन प्रमुख रमाकान्त चौधरी, वडा ४ का वडा सदस्य राजेन्द्र चौधरी, सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डल, फिल्ड अफिसर राधेश्याम राम, अर्चना यादब लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?