अस्पतालमा कोरोनाबाट बचाउन छैन सुरक्षाको व्यवस्था

राजविराज राजविराज
|
बुधबार, चैत्र ५, २०७६
|
|
२८ पटक हेरिएको
Shares
अस्पतालमा कोरोनाबाट बचाउन छैन सुरक्षाको व्यवस्था

सारांश

  •     विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणले गर्दा अहिले मानिसकरु त्रासमय अवस्थामा रहेको बेला सरकारी तयारी कागजमै सिमित देखिएको छ ।
  •     मंगलबारै नेपाली काँग्रेस समर्थित युवाहरुको एक समुहले सो अस्पतालमा कोरोना भाईरसको संक्रमणबाट जोग्न र जोगाउन गरिएको तयारी बारे जानकारी लिएको छ ।
  •       काँग्रेस महासमिति सदस्य मो.

दैनिक समाचारदाता
राजविराज, ४ चैत । 
    राजविराजस्थित एक मात्र सरकारी अस्पताल गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना भाइरसको संक्रमितलाई बचाउनका लागि कुनै सुरक्षा व्यवस्था गरिएको छैन् । 
    विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणले गर्दा अहिले मानिसकरु त्रासमय अवस्थामा रहेको बेला सरकारी तयारी कागजमै सिमित देखिएको छ ।
    मंगलबारै नेपाली काँग्रेस समर्थित युवाहरुको एक समुहले सो अस्पतालमा कोरोना भाईरसको संक्रमणबाट जोग्न र जोगाउन गरिएको तयारी बारे जानकारी लिएको छ । 
    काँग्रेस महासमिति सदस्य मो. ईर्साद अंसारी, नेविसंघका क्षेत्रिय सभापति प्रवेज आलम, बुथ सभापति श्यामशर्मा, ईश्वर प्रसाद साह, श्याम खडगी लगायतका काँग्रेसी नेता तथा कार्यकर्ताहरु सम्मिलित टोलीले तयारीबारे निरिक्षण गर्नुका साथै आवश्यक जानकारी लिएका हुन् । 
    अस्पताल पुगेर फर्केपछि टोलीको नेतृत्व गरेका काँग्रेस महा समिति सदस्य अंसारीले कोरोना सुरक्षाको बारेमा सरकारबाट निकै प्रचारवाजी गरिएपनि अस्पतालको अवस्था हेर्दा सो अनुसारको कुनै व्यवस्था नरहेको पाईएको सुनाए । 
    उनले अब केन्द्र सरकारको मात्र भर नपरी जिल्लाका १८ वटै स्थानिय तह समेतले यसको बारेमा चासो देखाउनु पर्ने आवश्यक रहेको बताए । 
    यता संघिय सरकारको मातहतमा रहेको यस अस्पतालमा स्वास्थ्यकर्मी तथा सर्वसाधारणका लागि सुरक्षाका कुनै सामग्री बढाईएको छैन । मन्त्रालयबाट कोरोना भाईरस जोखिमबाट जोगाउन न त कुनै उपकरण र सामग्री पठाईएको छ । न त कुनै परिपत्र नै, मंगलबार अस्पतालका निमित मेडिकल सुप्रिटेन्डेन्ट डा. दिलिप साहले फेसबुकको माध्यमले मात्र सरकारले विभिन्न कार्य योजना बनाएको सुन्ने गरेको बताए । 
    मन्त्रालयबाट कुनै निर्देशन, पत्राचार तथा सुरक्षाका कुनै सामग्री प्राप्त नभएपनि उपलब्ध साधन श्रोतले ४ शैयाको आइसोलेसन कक्ष तथा केहि सचेतना मुलक प्रचार प्रसार सामग्री तयार गरी अस्पताल हातामा झुण्डाईएको उनको भनाई छ । 
    उनले हालसम्म स्वास्थ्यकर्मीको सुरक्षाका लागि समेत सरकारबाट कुनै सामग्री प्राप्त नहुँदा कोरोना भाईरस संक्रमित व्यक्ति फेला परि हाले स्वास्थ्यकर्मी पनि जोखिममा पर्ने अवस्था रहेको गुनासो सुनाए । 
    मे.सु. डा. साहले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि खुट्टादेखि टाउँको सम्म छोपिने खालको सुरक्षा सामग्री, बिषेश खालको मास्क तथा अन्य उपकरण आवश्यक पर्ने भएपनि ती मध्ये कुनै पनि सामग्री अस्पतालमा नरहेको लाचारी व्यक्त गरे ।
    यता आवश्यक जनशक्ति र उपकरणको अभावमा हाल यस अस्पतालमा भिडियो एक्सरे सेवा बन्द रहेको छ भने सिटि स्क्यान र आईसियु सेवा समेत नहुँदा कुनै संक्रमित व्यक्ति आई हाले धरान र टेकु पठाउनुको विकल्प नभएको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ को सरकार  परिर्वतन हुँदैन् ः मन्त्री साह
प्रदेश २ को सरकार  परिर्वतन हुँदैन् ः मन्त्री साह
मुआब्जा माग्दै अनिश्चितकालीन रिले अनसनलाई निरन्तरता
मुआब्जा माग्दै अनिश्चितकालीन रिले अनसनलाई निरन्तरता
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
बिटोरी जग्गाधनी आन्दोलन गर्ने तयारीमा
बिटोरी जग्गाधनी आन्दोलन गर्ने तयारीमा
प्रमुख यादवद्वारा सहिदका बुबाको  किरियाखर्च वापत रकम प्रदान
प्रमुख यादवद्वारा सहिदका बुबाको  किरियाखर्च वापत रकम प्रदान
प्रअ र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थी कुटे, विरोधमा सम्पूर्ण विद्यार्थी सडकमा
प्रअ र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थी कुटे, विरोधमा सम्पूर्ण विद्यार्थी सडकमा
हावाहुरीबाट एघार व्यक्तिको घरमा क्षति 
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव