दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीले राजबिराज नगरपालिकाको बिटौरी जग्गा लगायत जिल्ला भरिका गाउँ ब्लक, बाल बिटौरी, मिनही, जिरायत सहितको जग्गालाई दर्ता लालपुर्जा प्रदान गर्न ब्यबस्था मिलाउन माग गरेको छ ।
बिहीबार लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा गएको टोलीले ७ बुँदे मागसहित नापी शाखा प्रमुख शत्रुहन प्रसाद यादवलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
बुझाइएको ज्ञापनमा सो ती जग्गाहरुको नाप जाँच ऐन २०१९ र नेपाल राजपत्र २०७५ मा प्रकाशित सूचना अनुसार नाप नक्शा भई कानुन अनुसार ७ दिने सूचना २१ दिने सुचना प्रकाशित भए पनि उक्त जग्गाहरु दर्ता तर्फ उचित ध्यान नदिई हालसम्म सर्वसाधारण जनताले जग्गा धनी प्रमाण पूर्जा नपाएकोले सो तर्फ अविलम्ब ध्यान दिई कानुनी प्रक्रिया पुरा गराई जनतालाई धनी प्रमाण पूर्जा उपलब्ध गराउन माग गरिएको छ ।
त्यस्तै जिल्लाभरि गाउँ ब्लक, बिटौरी, बाल बिटौरी, मिनही, जिरायत समेतका जग्गाहरु नापी भई सम्पूर्ण कार्यहरु सम्पन्न भए पनि हालसम्म दर्तातर्फ कुनै प्रक्रिया बारे सूचना नभएकोले सो तर्फ ध्यान दिन आग्रह गरिएको छ ।
राजविराज नगर क्षेत्रमा मात्रै करिब ४२ सय परिवार वर्षौदेखी लालपूर्जा आफ्नो नाममा नभएको तथा नक्शा पास समेत रोकिदा समस्यामा छन् । जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा बसोवास र विगतमा समस्या परेका बेला सोही बिटौरी रसिदमा उल्लेखीत जग्गा बैंक र बित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट पनि बञ्चित भएका छन् ।
सो अवसरमा पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, गजेन्द्र मण्डल, दिपेन्द्र चौधरी, उपेन्द्र साह, राजबिराज नगरपालिकाका पुर्ब मेयर शम्भु प्रसाद यादब, वडा नं. ६ अध्यक्ष शशी चौधरी, जिल्ला उपाध्यक्ष राजेन्द्र प्रसाद दास, कोषाध्यक्ष मनोज झा, मनोज देब, सह–सचिब जय नरायण यादब लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
सोही ज्ञापन पत्र भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग काठमाडौं, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनकपुरधाम, जिल्ला प्रशासन कार्यालय सप्तरी र राजविराज नगरपालिकाको कार्यालयलाई समेत बोदार्थ गरिएको छ ।
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
सारांश
- बिहीबार लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा गएको टोलीले ७ बुँदे मागसहित नापी शाखा प्रमुख शत्रुहन प्रसाद यादवलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
- बुझाइएको ज्ञापनमा सो ती जग्गाहरुको नाप जाँच ऐन २०१९ र नेपाल राजपत्र २०७५ मा प्रकाशित सूचना अनुसार नाप नक्शा भई कानुन अनुसार ७ दिने सूचना २१ दिने सुचना प्रकाशित भए पनि उक्त जग्गाहरु दर्ता तर्फ उचित ध्यान नदिई हालसम्म सर्वसाधारण जनताले जग्गा धनी प्रमाण पूर्जा नपाएकोले सो तर्फ अविलम्ब ध्यान दिई कानुनी प्रक्रिया पुरा गराई जनतालाई धनी प्रमाण पूर्जा उपलब्ध गराउन माग गरिएको छ ।
- त्यस्तै जिल्लाभरि गाउँ ब्लक, बिटौरी, बाल बिटौरी, मिनही, जिरायत समेतका जग्गाहरु नापी भई सम्पूर्ण कार्यहरु सम्पन्न भए पनि हालसम्म दर्तातर्फ कुनै प्रक्रिया बारे सूचना नभएकोले सो तर्फ ध्यान दिन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया