लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग

राजविराज राजविराज
|
बिहिबार, बैशाख २८, २०८०
|
|
७२ पटक हेरिएको
Shares
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग

सारांश

  •     बिहीबार लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा गएको टोलीले ७ बुँदे मागसहित नापी शाखा प्रमुख शत्रुहन प्रसाद यादवलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
  •       बुझाइएको ज्ञापनमा सो ती जग्गाहरुको नाप जाँच ऐन २०१९ र नेपाल राजपत्र २०७५ मा प्रकाशित सूचना अनुसार नाप नक्शा भई कानुन अनुसार ७ दिने सूचना २१ दिने सुचना प्रकाशित भए पनि उक्त जग्गाहरु दर्ता तर्फ उचित ध्यान नदिई हालसम्म सर्वसाधारण जनताले जग्गा धनी प्रमाण पूर्जा नपाएकोले सो तर्फ अविलम्ब ध्यान दिई कानुनी प्रक्रिया पुरा गराई जनतालाई धनी प्रमाण पूर्जा उपलब्ध गराउन माग गरिएको छ ।
  •       त्यस्तै जिल्लाभरि गाउँ ब्लक, बिटौरी, बाल बिटौरी, मिनही, जिरायत समेतका जग्गाहरु नापी भई सम्पूर्ण कार्यहरु सम्पन्न भए पनि हालसम्म दर्तातर्फ कुनै प्रक्रिया बारे सूचना नभएकोले सो तर्फ ध्यान दिन आग्रह गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख । 

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीले राजबिराज नगरपालिकाको बिटौरी जग्गा लगायत जिल्ला भरिका गाउँ ब्लक, बाल बिटौरी, मिनही, जिरायत सहितको जग्गालाई दर्ता लालपुर्जा प्रदान गर्न ब्यबस्था मिलाउन माग गरेको छ । 
    बिहीबार लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा गएको टोलीले ७ बुँदे मागसहित नापी शाखा प्रमुख शत्रुहन प्रसाद यादवलाई ज्ञापन पत्र समेत बुझाएको छ । 
    बुझाइएको ज्ञापनमा सो ती जग्गाहरुको नाप जाँच ऐन २०१९ र नेपाल राजपत्र २०७५ मा प्रकाशित सूचना अनुसार नाप नक्शा भई कानुन अनुसार ७ दिने सूचना २१ दिने सुचना प्रकाशित भए पनि उक्त जग्गाहरु दर्ता तर्फ उचित ध्यान नदिई हालसम्म सर्वसाधारण जनताले जग्गा धनी प्रमाण पूर्जा नपाएकोले सो तर्फ अविलम्ब ध्यान दिई कानुनी प्रक्रिया पुरा गराई जनतालाई धनी प्रमाण पूर्जा उपलब्ध गराउन माग गरिएको छ । 
    त्यस्तै जिल्लाभरि गाउँ ब्लक, बिटौरी, बाल बिटौरी, मिनही, जिरायत समेतका जग्गाहरु नापी भई सम्पूर्ण कार्यहरु सम्पन्न भए पनि हालसम्म दर्तातर्फ कुनै प्रक्रिया बारे सूचना नभएकोले सो तर्फ ध्यान दिन आग्रह गरिएको छ । 
    राजविराज नगर क्षेत्रमा मात्रै करिब ४२ सय परिवार वर्षौदेखी लालपूर्जा आफ्नो नाममा नभएको तथा नक्शा पास समेत रोकिदा समस्यामा छन् । जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा बसोवास र विगतमा समस्या परेका बेला सोही बिटौरी रसिदमा उल्लेखीत जग्गा बैंक र बित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट पनि बञ्चित भएका छन् । 
    सो अवसरमा पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, गजेन्द्र मण्डल, दिपेन्द्र चौधरी, उपेन्द्र साह, राजबिराज नगरपालिकाका पुर्ब मेयर शम्भु प्रसाद यादब, वडा नं. ६ अध्यक्ष शशी चौधरी, जिल्ला उपाध्यक्ष राजेन्द्र प्रसाद दास, कोषाध्यक्ष मनोज झा, मनोज देब, सह–सचिब जय नरायण यादब  लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 
    सोही ज्ञापन पत्र भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग काठमाडौं, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनकपुरधाम, जिल्ला प्रशासन कार्यालय सप्तरी र राजविराज नगरपालिकाको कार्यालयलाई समेत बोदार्थ गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
दुई फरार प्रतिवादी पक्राउ
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
दाता परिवारका दुबै पक्षलाई क्याम्पसले आमन्त्रित गर्ने
दाता परिवारका दुबै पक्षलाई क्याम्पसले आमन्त्रित गर्ने
सउबा संघद्वारा पत्रकार महासंघलाई  मास्क र सेनिटाइजर प्रदान
सउबा संघद्वारा पत्रकार महासंघलाई  मास्क र सेनिटाइजर प्रदान
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 
गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी