दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
कोरोनाको तेश्रो लहरमा सप्तरी जिल्लामा संक्रमित भई ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
पछिल्लो पटक कोरोना संक्रमण भई उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वाडमा भर्ना भएकी एक महिलाको उपचारकै क्रममा मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीन दिनअघि कोरोना संक्रमित भई स्वास्थ्यमा जटिल समस्या देखिएपछि सो अस्पतालमा रेफर गरिएकी सप्तरीको हनुमानर कंकालिनी नगरपालिका ७ की ७१ वर्षिया उर्तिदेवी मण्डलको उपचारकै क्रममा मंगलबार राती मृत्यु भएको छ ।
यसअघि कोरोनाकै कारण जिल्लाको रुपनी गाउँपालिकाकी ७५ वर्षिया धनमन्ती देवी यादव, सोही गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साह, राजविराज नगरपालिका १५ का सीताराम यादव र विष्णुपुर गाउँपालिकाका ६० वर्षिय रामरतन रामको पनि कोरोनाका कारण मृत्यु भइसकेको छ ।
कोरोना निको हुनेको संख्या एक सय एक
स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालमा ८ जनाको स्वाव परिक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक महिला र तीन पुरुष छन् ।
यस्तै कोरोनाको तेश्रो लहरमा कुल ३ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय १ जना निको, ५ जनाको मृत्यु र बाँकी २ सय ६७ जना होम आइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुग्यो, कोरोना निको हुनेको संख्या एक सय एक
सारांश
- पछिल्लो पटक कोरोना संक्रमण भई उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वाडमा भर्ना भएकी एक महिलाको उपचारकै क्रममा मृत्यु भएको छ ।
- जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीन दिनअघि कोरोना संक्रमित भई स्वास्थ्यमा जटिल समस्या देखिएपछि सो अस्पतालमा रेफर गरिएकी सप्तरीको हनुमानर कंकालिनी नगरपालिका ७ की ७१ वर्षिया उर्तिदेवी मण्डलको उपचारकै क्रममा मंगलबार राती मृत्यु भएको छ ।
- यसअघि कोरोनाकै कारण जिल्लाको रुपनी गाउँपालिकाकी ७५ वर्षिया धनमन्ती देवी यादव, सोही गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साह, राजविराज नगरपालिका १५ का सीताराम यादव र विष्णुपुर गाउँपालिकाका ६० वर्षिय रामरतन रामको पनि कोरोनाका कारण मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया