कृषि विश्वविद्यालयको सिनेटको बैठकबाट विभिन्न प्रस्ताव पारित, रिसर्चको काम समेत सुरुवात गर्ने सहमति

राजविराज राजविराज
|
बिहिबार, आषाढ ७, २०८०
|
|
४२ पटक हेरिएको
Shares
कृषि विश्वविद्यालयको सिनेटको बैठकबाट विभिन्न प्रस्ताव पारित, रिसर्चको काम समेत सुरुवात गर्ने सहमति

सारांश

  •     विश्वविद्यालयका सहकुलपति एवं मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको अध्यक्षतमा सम्पन्न सो बैठकले चार वर्षे कृषि स्नातक बिएसी एजी शैक्षिक कार्यक्रमको विद्यार्थी भर्ना सम्बन्धी कार्यविधि २०७९ र विषयगत शिक्षक करार सेवा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ लाई अनुमोदन गरेको छ ।
  •       बैठकले शैक्षिक सत्र २०७९÷८० मा संचालित चार वर्षे स्नातक बिएसी एजी शैक्षिक कार्यक्रम र कक्षा संचालन, विश्वविद्यालय संचालनका लागि तत्काल आवश्यक शिक्षक, कर्मचारी, दरबन्दी तथा भर्ना, कृषि संकायको चार वर्षे स्नातक तहको पाठ्यक्रमलाई पनि स्वीकृति प्रदान गरिएको छ ।
  •       यसैगरि प्रदेश कृषि विश्वविद्यालयको नाम प्रदेश सभाबाट मधेश कृषि विश्वविद्यालय ऐन २०७९ अनुसार मधेश कृषि विश्वविद्यालय कायम भएकोले सोही बमोजिम सबै दस्ताबेजहरुमा नाम संशोधनको प्रस्ताव पारित गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ असार । 

    मधेश कृषि विश्वविद्यालय सभाको दोश्रो सिनेटको बैठक बिहीबार राजविराजमा सम्पन्न भएको छ । 
    विश्वविद्यालयका सहकुलपति एवं मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको अध्यक्षतमा सम्पन्न सो बैठकले चार वर्षे कृषि स्नातक बिएसी एजी शैक्षिक कार्यक्रमको विद्यार्थी भर्ना सम्बन्धी कार्यविधि २०७९ र विषयगत शिक्षक करार सेवा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ लाई अनुमोदन गरेको छ । 
    बैठकले शैक्षिक सत्र २०७९÷८० मा संचालित चार वर्षे स्नातक बिएसी एजी शैक्षिक कार्यक्रम र कक्षा संचालन, विश्वविद्यालय संचालनका लागि तत्काल आवश्यक शिक्षक, कर्मचारी, दरबन्दी तथा भर्ना, कृषि संकायको चार वर्षे स्नातक तहको पाठ्यक्रमलाई पनि स्वीकृति प्रदान गरिएको छ । 
    यसैगरि प्रदेश कृषि विश्वविद्यालयको नाम प्रदेश सभाबाट मधेश कृषि विश्वविद्यालय ऐन २०७९ अनुसार मधेश कृषि विश्वविद्यालय कायम भएकोले सोही बमोजिम सबै दस्ताबेजहरुमा नाम संशोधनको प्रस्ताव पारित गरिएको छ । जग्गा व्यवस्थापन तथा श्रोत जुटाउने सम्बन्धी प्रस्तावलाई पनि स्वीकृति प्रदान गरिएको बैठकका अध्यक्ष एवं शिक्षा मन्त्री यादवले जानकारी दिए । 
    सोही बैठकले विश्वविद्यालयमा रिसर्चको काम समेत सुरुवात गर्ने सहमति दिइएको मन्त्री यादवले बताए । 
    बैठकमा कृषि विश्वविद्यालयका उपकुलपति तथा सदस्य सचिव डा. बैद्यनाथ महतोले विश्वविद्यालयको प्रगति विवरण तथा प्रस्तावहरु प्रस्तुत गरेका थिए । सिनेटको बैठकमा मधेश कृषि विश्वविद्यालयका सदस्यहरु नाथुप्रसाद चौधरी, लक्ष्मी प्रसाद भट्राई, प्रेम प्रसाद भट्राई, नम्रता सिंह, जगन्नाथ प्रसाद जैसवाल, राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख एवं विश्वविद्यालयका सदस्य इसरत परबिन लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु 
एक सय ३२ जना बिरामी मध्ये २६ जनामा मोतिया बिन्दु 
बालबालिकालाई अपराध बारे प्रहरीको सचेतना
बालबालिकालाई अपराध बारे प्रहरीको सचेतना
चुलोको खरानी राम्ररी ननिभाउदा गेठियाको घर खरानी
चुलोको खरानी राम्ररी ननिभाउदा गेठियाको घर खरानी
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
सबैको साथ र सहयोग लिएर अघि बढने
सबैको साथ र सहयोग लिएर अघि बढने
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता 
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता 
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान