दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
राजविराज हटिया–गुद्रि ठेक्का सम्बन्धमा मंगलबार भएको चर्को बिरोधपछि राजविराज नगरपालिकाले रद्द गर्दै खुल्ला डाक बढाबढबाट ठेक्का लगाइने भएको छ ।
दुई पटक शिलबन्दी टेन्डर आह्वान गरेर ठेक्का लगाउन खोजिएको भन्दै उक्त कदमको चर्को बिरोध भएको हो ।
राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादवको नेतृत्वमा मंगलबार चर्को नाराबाजी गर्दै नगरपालिका कार्यालय पुगेको एक समूहले विगत भन्दा कम दरमा तथा आफन्तलाई ठेक्का दिन खोजेको भन्दै चर्को बिरोध जनाएपछि कार्यवाहक नगरप्रमुख इसरत परविन, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ, योजना शाखाका अधिकृत मनोज यादवलगायतको सहमतिमा डाक बढाबढ प्रक्रियाबाट ठेक्का लगाउने निर्णय भएको जनाइएको छ ।
खुल्ला रुपमा डाक बढाबढ प्रक्रिया बुधबार गरिने तयारी भएको र यस बारे विभिन्न प्रचार माध्यमबाट सबैमा जानकारी पु¥याउने प्रमुख प्रशासकीय अधिकृत गुरुङले जानकारी दिए ।
उक्त ठेक्काका लागि यसअघि नगरपालिकाले दुई पटक शिलबन्दी टेन्डर आह्वान गरेको थियो । गत आ.ब. २०८०÷८१ मा ६७ लाखमा लागेको उक्त ठेक्का यस पल्ट कम दर रेटमा आफन्तलाई दिन खोजिएको र यसबाट नगरपालिकालाई आर्थिक रुपमा घाटा हुने भन्दै हाल निलम्बित अवस्थामा रहेको मेयर यादवसहितको टोलीले नगरपालिकाका जिम्मेवार जनप्रतिनिधि तथा अधिकारी समक्ष आक्रोसित हुँदै बिरोध जनाएपछि नगरपालिकाले पुरानो निर्णय सच्याउँदै खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय गरेको बताइएको छ ।
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
सारांश
- दुई पटक शिलबन्दी टेन्डर आह्वान गरेर ठेक्का लगाउन खोजिएको भन्दै उक्त कदमको चर्को बिरोध भएको हो ।
- राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादवको नेतृत्वमा मंगलबार चर्को नाराबाजी गर्दै नगरपालिका कार्यालय पुगेको एक समूहले विगत भन्दा कम दरमा तथा आफन्तलाई ठेक्का दिन खोजेको भन्दै चर्को बिरोध जनाएपछि कार्यवाहक नगरप्रमुख इसरत परविन, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ, योजना शाखाका अधिकृत मनोज यादवलगायतको सहमतिमा डाक बढाबढ प्रक्रियाबाट ठेक्का लगाउने निर्णय भएको जनाइएको छ ।
- खुल्ला रुपमा डाक बढाबढ प्रक्रिया बुधबार गरिने तयारी भएको र यस बारे विभिन्न प्रचार माध्यमबाट सबैमा जानकारी पु¥याउने प्रमुख प्रशासकीय अधिकृत गुरुङले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया