दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको शुक्रबार बिहानदेखी सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले ७ जना स्वास्थ्यकर्मी आइसोलेशनमा र ४ चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा भर्ना भएका कारण सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको जानकारी दिएका छन् ।
स्वास्थ्यकर्मी संक्रमित हुँदै जाने र अर्को तिर आकस्मिक कक्ष, ओपिडि, इन्डोर र गाइनोका साथै आइसोलेशनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्थितिका कारण जनशक्तिको चरम अभाव भएको बताउँदै डा. झाले यसतर्फ प्रदेश र संघीय सरकारबाट आवश्यक पहल हुनुपर्ने आग्रह समेत गरेका छन् ।
सात दिनमा ७ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको र उनीहरुको सम्पर्कमा आएका चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाईमा बस्दा जनशक्तिको चरम अभाव भई स्वास्थ्य सेवा प्रभावित भएको डा. झाको भनाई छ ।
एनेस्थेटिस्टका डाक्टरसमेत क्वारेन्टाइनमा रहेका कारण गाइनोमा पनि शल्यक्रिया सेवा पनि बन्द भएको उनले बताए । बाँकी रहेका ५ जना चिकित्सक र चार जना स्वास्थ्यकर्मी गरि ९ जनाको भरमा अस्पताल संचालन गर्न कठिनाइ भएको उनको भनाई छ ।
यता सप्तरीमा दैनिक संक्रमित फेला पर्दै गएपछि स्थानिय प्रशासनले जिल्लाभर साउन २६ गतेसम्मका लागि निषेधाज्ञा जारि गरेको छ । जसकारण बजारहरु सुनसान बनेको छ भने जनजिवन कष्टकर बन्दै गएको छ । जिल्लामा शुक्रबारसम्ममा संक्रमितको संख्या ५ सय ५७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द
सारांश
- अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.
- रन्जित झाले ७ जना स्वास्थ्यकर्मी आइसोलेशनमा र ४ चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा भर्ना भएका कारण सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको जानकारी दिएका छन् ।
- स्वास्थ्यकर्मी संक्रमित हुँदै जाने र अर्को तिर आकस्मिक कक्ष, ओपिडि, इन्डोर र गाइनोका साथै आइसोलेशनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्थितिका कारण जनशक्तिको चरम अभाव भएको बताउँदै डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया