तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 

राजविराज राजविराज
|
बिहिबार, बैशाख १८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 

सारांश

  •     राजविराजमा बिहीबार आयोजना गरिएको भूमि समस्या समाधान सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
  •     उनले सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधानका लागि सरकारले तीन बर्षको अवधि तोकेरै आयोग बनाएको उल्लेख गर्दै आयोगले गर्ने काममा सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे ।
  •       “यही आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासीको सबै काम सम्पन्न गर्छ’ उनले भने,’ त्यहीँ भएर काम नगर्ने छुट कसैलाई छैन ।

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख । 

    भुमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरीप्रसाद रिजालले तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुने बताएका छन् ।  
    राजविराजमा बिहीबार आयोजना गरिएको भूमि समस्या समाधान सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
    उनले सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधानका लागि सरकारले तीन बर्षको अवधि तोकेरै आयोग बनाएको उल्लेख गर्दै आयोगले गर्ने काममा सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे ।  
    “यही आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासीको सबै काम सम्पन्न गर्छ’ उनले भने,’ त्यहीँ भएर काम नगर्ने छुट कसैलाई छैन ।’ 
    सरकारले भुमि आयोगलाई सबै काम सिध्याउन २०८४ सम्मको समय अवधी दिएको भन्दै उनले यो अवधीमा काम सकाउन सबै सरोकारवालाले सहयोग गर्नुपर्ने जिकिर गरे । गौचरन, जंगल, हाट मा पनि वस्ती बसेको उल्लेख गर्दै उनले यो चुनौती पनि रहेको बताए । 
    भूमि समस्या समाधान आयोगका मधेश प्रदेश संयोजक आरती भण्डारीले भूमि समस्या देशकै समस्या रहेको बताइन् । सुकुम्बासी हुनु रहर नभई बाध्यता भएको बताउँदै उनले यो समस्या सबै मिली समाधान गर्नुपर्ने बताइन् । 
    भूमि समस्या समाधान आयोगका कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईंले भुमिहिन, दलित, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने आयोगको प्रमुख काम रहेको बताए ।
    राष्ट्रको गौरवको योजना हो यसलाई सबै मिलेर सफल बनाउनुपर्ने उनले बताए । यस पटक मिति तोकेरै काम गर्न भनिएकाले २०८४ सम्म काम टुङ्याउन सबैले काम गर्नुपर्ने उनको भनाई थियो ।  
    भुमि समस्या समाधान आयोग सप्तरीका अध्यक्ष अखिलेश कुमार झाको अध्यक्षतामा आयोजित अभिमुखी कार्यक्रममा स्थानिय सरकारका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत सरोकारबालाहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
बारालाई प्रदेश २ क्रिकेटको उपाधी 
बारालाई प्रदेश २ क्रिकेटको उपाधी 
क्वारेन्टाइनबाट एक गर्भवती यूवती भागिन्, संक्रमणको जोखिम बढ्दै
क्वारेन्टाइनबाट एक गर्भवती यूवती भागिन्, संक्रमणको जोखिम बढ्दै
महाशिरात्रीको तयारी तिब्र
महाशिरात्रीको तयारी तिब्र
प्रदेश २ को माटो परीक्षण प्रयोगशाला राजविराजमा स्थापना, माटो परीक्षण गर्न घुम्ती सेवा आरम्भ
प्रदेश २ को माटो परीक्षण प्रयोगशाला राजविराजमा स्थापना, माटो परीक्षण गर्न घुम्ती सेवा आरम्भ
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि ।  तस्बीर ः राजविराज दैनिक  

लागु औषधसहित दुई पक्राउ
लागु औषधसहित दुई पक्राउ
गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती
गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती