तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 

राजविराज राजविराज
|
बिहिबार, बैशाख १८, २०८२
|
|
६७ पटक हेरिएको
Shares
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 

सारांश

  •     राजविराजमा बिहीबार आयोजना गरिएको भूमि समस्या समाधान सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
  •     उनले सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधानका लागि सरकारले तीन बर्षको अवधि तोकेरै आयोग बनाएको उल्लेख गर्दै आयोगले गर्ने काममा सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे ।
  •       “यही आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासीको सबै काम सम्पन्न गर्छ’ उनले भने,’ त्यहीँ भएर काम नगर्ने छुट कसैलाई छैन ।

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख । 

    भुमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरीप्रसाद रिजालले तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुने बताएका छन् ।  
    राजविराजमा बिहीबार आयोजना गरिएको भूमि समस्या समाधान सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
    उनले सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधानका लागि सरकारले तीन बर्षको अवधि तोकेरै आयोग बनाएको उल्लेख गर्दै आयोगले गर्ने काममा सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे ।  
    “यही आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासीको सबै काम सम्पन्न गर्छ’ उनले भने,’ त्यहीँ भएर काम नगर्ने छुट कसैलाई छैन ।’ 
    सरकारले भुमि आयोगलाई सबै काम सिध्याउन २०८४ सम्मको समय अवधी दिएको भन्दै उनले यो अवधीमा काम सकाउन सबै सरोकारवालाले सहयोग गर्नुपर्ने जिकिर गरे । गौचरन, जंगल, हाट मा पनि वस्ती बसेको उल्लेख गर्दै उनले यो चुनौती पनि रहेको बताए । 
    भूमि समस्या समाधान आयोगका मधेश प्रदेश संयोजक आरती भण्डारीले भूमि समस्या देशकै समस्या रहेको बताइन् । सुकुम्बासी हुनु रहर नभई बाध्यता भएको बताउँदै उनले यो समस्या सबै मिली समाधान गर्नुपर्ने बताइन् । 
    भूमि समस्या समाधान आयोगका कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईंले भुमिहिन, दलित, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने आयोगको प्रमुख काम रहेको बताए ।
    राष्ट्रको गौरवको योजना हो यसलाई सबै मिलेर सफल बनाउनुपर्ने उनले बताए । यस पटक मिति तोकेरै काम गर्न भनिएकाले २०८४ सम्म काम टुङ्याउन सबैले काम गर्नुपर्ने उनको भनाई थियो ।  
    भुमि समस्या समाधान आयोग सप्तरीका अध्यक्ष अखिलेश कुमार झाको अध्यक्षतामा आयोजित अभिमुखी कार्यक्रममा स्थानिय सरकारका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत सरोकारबालाहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा १५ लाख बढीको क्षति, सात वटा पशुचौपाया जलेर घाइते 
आगलागिमा १५ लाख बढीको क्षति, सात वटा पशुचौपाया जलेर घाइते 
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
सात महिनादेखी लगाइएको तालाबन्दी खोलाउन खेलाडीहरुले बुझाए ध्यानाकर्षण पत्र
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 
कर्मचारी संगठन जिल्ला अधिवेशन चैत १२ मा हुने 
कर्मचारी संगठन जिल्ला अधिवेशन चैत १२ मा हुने 
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
मदरसाका शिक्षक÷शिक्षिका आन्दोलित
मदरसाका शिक्षक÷शिक्षिका आन्दोलित

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी