मदरसाका शिक्षक÷शिक्षिका आन्दोलित

राजविराज राजविराज
|
सोमबार, पौष ८, २०८१
|
|
३९ पटक हेरिएको
Shares
मदरसाका शिक्षक÷शिक्षिका आन्दोलित

सारांश

  •     पीडित शिक्षक÷शिक्षकाहरु आइतबार राजविराजमा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाई आफूहरुको माग अविलम्ब सम्बोधन गर्न माग गरेका छन् ।
  •       ध्यानाकर्षण पत्रमा आफूहरुको जायज माग पुरा नगरिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
  • मदरसा समन्वय समिति सप्तरीका अध्यक्ष मो.

दैनिक समाचारदाता
राजविराज, ७ पुस । 

    मदरसामा कार्यरत शिक्षक÷शिक्षिकाहरु लामो समयदेखी पाउन नसकेको तलब तथा मनपरी ढंगले गरेको सरुवा बदरको माग गर्दै आन्दोलित भएका छन् । 
    पीडित शिक्षक÷शिक्षकाहरु आइतबार राजविराजमा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाई आफूहरुको माग अविलम्ब सम्बोधन गर्न माग गरेका छन् । 
    ध्यानाकर्षण पत्रमा आफूहरुको जायज माग पुरा नगरिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ । मदरसा समन्वय समिति सप्तरीका अध्यक्ष मो. शाहजाहाको अगुवाईमा प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उक्त ध्यानाकर्षण पत्र पठाइएको हो । 
    ध्यानाकर्षणपत्रमा विष्णुपुर गाउँपालिका १ स्थित मदरसा फैजुल इस्लामिया विद्यालयका प्रधानाध्यापक मो. शाहजाहालाई दुःःख दिने नियतले मात्र सरुवा गरिएको भन्दै उक्त सरुवा बदर हुनुपर्ने माग गरिएको छ । 
    उक्त सरुवा प्रकरणमा न्याय खोज्न प्रअ शाहजाहा उच्च अदालत जनकपुर–राजविराज इजलाश पुगेको र अदालतले गत २०८० चैत २७ गते निजलाई हाल सोही मदरसामा काम गर्नु÷गराउनु भनी आदेश जारि गरेपनि उक्त आदेशको पालना नगरिएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । 
    उक्त सरुवा धार्मिक विद्यालय संचालन निर्देशिका २०७९ तथा शिक्षा ऐन नियमावली विपरीत भएको दाबीका साथ पुर्वाग्रही र दुःख दिने नियतले गरिएको सरुवा बदर गर्नु पर्ने माग गरिएको छ । 
    यस्तै राजविराज नगरपालिका क्षेत्र भित्र रहेका विभिन्न मदरसामा अनुदानको रकमबाट तलब खाने गरि नियुक्त गरिएका करिब ४० जना शिक्षक÷शिक्षिकाले गत ६ महिनादेखी तलब पाउन नसकेको भन्दै ध्यानाकर्षणपत्र मार्फत अविलम्ब तलबको व्यवस्था गर्न माग गरिएको छ । 
     राजविराज १ चनौरा पडरियास्थित आशिमिया दारुल उलम मदरसाका प्रअ रुबिना बेगमले आफूहरुले दशैंको खर्चगरि विगत ७ महिनादेखी तलब पाउन नसकेको गुनासो पोखिन । “एक त ९ हजार २ सय जति थोरै तलब छ, त्यसमा पनि गत २०८१ साउन देखी नै तलब पाउन सकिएको छैन्, उनले पीडा पोख्दै भनिन्–यस्तो अवस्थामा कसरी हुन्छ पठनपाठन ?”
    उनले राजविराज नगरपालिका मार्फत मदरसालाई प्राप्त हुने अनुदान रकम विगत ७ महिनादेखी प्राप्त हुन नसक्दा करिब ४० जना शिक्षक÷शिक्षिकाको बिचल्ली भएको गुनासो पोखिन् । मदरसा इस्लामिया जोलहरीका प्रअ अन्जु आराले ६ महिनादेखी रोकिएको अनुदान रकम माग गर्दै पटक पटक नगरपालिका पुगे पनि आश्वासन बाहेक केही नपाएकोले बाध्य भई आन्दोलनमा उत्रु परेको बताइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङ जिल्ला अदालतबाट ठगि सम्बन्धी कसुर मुद्दामा सजाय पाएका साह सप्तरीबाट पक्राउ
मोरङ जिल्ला अदालतबाट ठगि सम्बन्धी कसुर मुद्दामा सजाय पाएका साह सप्तरीबाट पक्राउ
नुहाउने तथा पंखा चलाउने क्रममा  करेन्ट लागेर किशोर किशोरीको मृत्यु
नुहाउने तथा पंखा चलाउने क्रममा  करेन्ट लागेर किशोर किशोरीको मृत्यु
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
चिसोले जनजिवन कष्टकर, विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी
चिसोले जनजिवन कष्टकर, विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी
तिलाठी मनाइयो धान दिवस
तिलाठी मनाइयो धान दिवस
करणी मुद्दामा धरौटी तिर्न नसक्दा कारागार चलान
करणी मुद्दामा धरौटी तिर्न नसक्दा कारागार चलान